दीपेन्द्र शाक्य

उत्तरी सीमासित जोडिँदै सदरमुकाम

गाउँसम्म कच्ची सडक पुगेपछि हेदांनाका देउमान राईलाई सदरमुकाम खाँदबारी आउजाउमा सहज भएको छ । एक दिन लगाएर पैदलै राई सदरमुकाम आउजाउ गर्थे ।

गाउँ फर्किएका सांसदलाई स्वागतसँगै गुनासो 

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम यति बेला गाउँगाउँ पुगिरहेका छन् । निर्वाचनअघि गरेको वाचा पूरा गर्न गौतम गाउँ अभियानमा हिँडेका हुन् ।

ओझेलमा पूर्वको मनकामना

खाँदबारी बजारबाट करिब १३ किमि दक्षिणस्थित मनकामनाधाम ओझेलमा परेको छ । प्रचार प्रसार र संरक्षणमा कसैले चासो नदिँदा पूर्वको मनकामना ओझेलमा परेको हो । 

जटिल शल्यक्रियामा सफलता

मकालु ५ पाथीभरा उम्लिङकी सृष्टि राई सामान्य पेट दुखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केही बेरपछि उनलाई थामिनसक्नु गरी पेट दुख्न सुरु भयो । चिकित्सकले भिडियो एक्सरे गरे ।

दीपेन्द्र शाक्यका लेखहरु :

गाडी ठेल्दै, यात्रा

धुपुका धर्म चापागाई खाँदबारीबाट हिले जान ट्याक्सी चढे । सभाखोलासम्मको १६ किलोमिटर सडकमा सजिलै गाडी गुड्यो । सभाखोलाबाट हिलेसम्म यात्रा गर्न भने उनलाई सकस पर्‍यो ।

अलैंची भाउ घट्दो

पाँच वर्षयता अलैंचीको मूल्य ८२ हजार रुपैयाँले घटेको छ । ०७० मा १ लाख १५ हजारसम्म पुगेको अलैंचीको मूल्य अहिले ३३ हजारमा झरेको छ । अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठका अनुसार सिजनको सुरुवातमा प्रतिमन (४० केजी) को मूल्य ३३ हजार रुपैयाँ हो ।

पानी आउँदैन बिलमात्रै

जिल्ला प्रहरी कार्यालयमा पानीको बिल ४० देखि ५० हजार रुपैयाँसम्मको आउन थालेपछि मिटर बिग्रिएको आशंकामा फेरियो । तर, बिल भने घटेन । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार सारुमगर पानीभन्दा बढी बिल आउन थालेको बताउँछन् ।

अस्तव्यस्त हाटबजार

सदरमुकाममा साप्ताहिक रूपमा लाग्दै आएको हाट व्यवस्थित हुन सकेको छैन । हाट लाग्ने टुँडिखेल हिलाम्मे भएपछि किन्ने र बेच्नेलाई समस्या हुँदै आएको छ ।