केशव दाहाल

दसैं : गयो बरिलै !

एउटा भेटघाटबाट कुरा थालौं । दसैं सकिएकै थिएन । बिहानै पशुपतिनाथ परिसरमा एकजना पूर्वकम्युनिष्ट नेतासंँग भेट भयो ।

भूमिहीन किसानको प्रश्न

गत सेप्टेम्बर २३–२७ मा इन्डोनेसियाको बानडुङमा ‘ग्लोबल ल्यान्ड फोरम’ आयोजना भयो  । कार्यक्रममा ८४ देशका नागरिक अगुवा, भूमि आन्दोलनका अभियन्ता, बौद्धिकवर्ग र सरकारी प्रतिनिधि थिए  ।

बालुवाटार बेङ्क्वेट

ओली सरकार गठन भएको २ सय दिन पूरा भयो । यो अवसरलाई आलेखमा सदुपयोग गर्न चाहन्छु । यसर्थ विषय प्रवेश गर्छु, केही साना–मसिना कुराबाट । किनभने कहिलेकाहीँ ससाना कुराले नै ठूलठूला परीक्षा लिइरहेका हुन्छन् । जस्तो कुरा सुरु गरौैं, प्रधानमन्त्रीका पुराना भाषणबाट ।

जीवनको रङ कस्तो कमरेड ?

सर्वप्रथम तीनवटा घटना सुनाउँछु । पहिलो, गतसाता ठमेलको रात्रिकालीन जीवनसँंग साक्षात्कार गरियो । त्यो मेरो पहिलो अनुभव थियो । एक मित्रको प्रस्तावमा हामी राति ११ बजेतिर त्यहाँ पुग्यौं । स्वाभावत: वातावरण रंगीन थियो । संगीत, नृत्य, प्रेम, यौन र उमंगले ठमेल उत्सवमय थियो । मान्छेहरू संकेतमा कुरा गर्थे ।

खैरो समाजवादमा स्वास्थ्य

नेपालमा स्वास्थ्यसेवा कस्तो बनाउने भन्ने बहस सुरु भएको छ । यो बहसमा एकातिर डा. गोविन्द केसी छन् । उनको साथमा छन्, सचेत नागरिक र पछिल्लो पुस्ताका युवा । उनीहरू जुम्लादेखि माइतीघर मण्डलासम्म छरिएका छन् । चर्को स्वरमा उनीहरू भन्छन्, ‘स्वास्थ शिक्षालाई सर्वसुलभ र प्रभावकारी गर ।’ दुर्भाग्यवश यो बहसको अर्को पक्षमा छन्, नेपालका ‘कम्युनिष्टहरू’ ।

केशव दाहालका लेखहरु :

माननीयहरूको ‘खेतीपाती’ कता छ ?

एउटा भेडेबाघको पुरानो कथा छ । एउटा भेडालाई लागेछ कि बाघजस्तै बलियो हुनपाए कस्तो मजा हुन्थ्यो ? उसले घनघोर तपस्या गरेछ । आखिर ईश्वर खुसी भई उसलाई वरदान दिएछन् । उसले लामा सिङ, तिखा दाह्रा र नङ्ग्रा पाएछ । भेडाले वरदान त पायो, तर दुर्भाग्य उसले घाँस चर्न सकेन । अब के खाने होला ?

सत्य खोज्ने कि चुपचाप बस्ने ?

पछिल्लो गणतन्त्र दिवस निकै खल्लो भयो । मुख्यत: पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहाले सरकार, राष्ट्रपति र नेकपाका नेताहरू आलोचनामा परे । ढुंगेल जनयुद्धकालीन गैरन्यायिक हत्या प्रमाणित भई सजाय काटिरहेका कैदी थिए । प्रश्नहरू उठे, ढुंगेलको उन्मुक्ति स्वाभाविक हो कि यसले दण्डहीनतालाई प्रोत्साहित गर्छ ?

तीनवटा मार्क्स

सन् ००७ को सेप्टेम्बरमा मैले कार्ल मार्क्सलाई भेटें । बर्लिनको व्यस्त सडक । सायद त्यो घुमन्तेहरूको अखडा हुनुपर्छ । दाह्रीवाल बूढो सुट, टाईमा सजिएर गमक्क उभिएको । कस्तो अत्यासलाग्दो अवस्था । बूढालाई देख्नासाथ म त के गरौं, कसो गरौं भएँ ।

समृद्धिको वर्गचित्र

केही अगाडि कान्तिपुर कोसेलीमा कवि विनोदविक्रम केसीको शक्तिशाली कविता छापियो । समृद्धि एक कुविचार । कविता पढेपछि मनमा एउटा बीभत्स चित्र बन्यो । खण्डहरजस्तो । जस्तो कि गाउँको पाटाबारीमा समृद्धिको महाउत्सव छ ।

पहिलो पाइला

एउटा सानो ‘कन्ट्राडिक्सन’ छ । एउटा विचारले भन्छ, ‘दुविधा छ भने नयाँ बाटो नहिँड’ । किनभने हिँड्दै नहिँडेपछि गल्ती गर्ने सम्भावना कम हुन्छ । यसको विपरीत अर्को विचारले भन्छ, ‘जे पर्ला अगाडि बढ, आखिर गल्ती गरेरै त सिक्ने हो ।’