तुलाराम पाण्डे

सुध्रँदै अस्पतालको सेवा

एक वर्षअघि प्रसूति व्यथा लागेकी खाडाचक्र १ की ३० वर्षीया चन्दा शाहको ज्यान गएपछि अवरुद्ध भएको शल्यक्रियासहितका स्वास्थ्य सेवा सुचारु भएको छ । प्रसूति गराउने क्रममा शाहको ज्यान गएपछि स्थानीयले जिल्ला अस्पताल र प्रशासन तोडफोड गर्दै चिकित्सकविरुद्ध नारावाजी गरेपछि अवरुद्ध शल्यक्रिया सेवा साउनदेखि सुचारु भएको थियो ।

कालीकाेटमा युवा संसद्– 'पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाऊँ’

संसद् भवनको झल्को दिनेगरी यहाँका युवाले विकास निर्माणलगायत सामाजिक अभियानमा स्थानीय सरकार चुकेको भन्दै विशेष ध्यानाकर्षणसहित संसद्को अभ्यास गरेका छन् । जिसस सभाकक्षमा युवा संसद्को आयोजना गरिएको हो । 

गाउँगाउँमा सडक

तिलागुफा नगरपालिकाले चालु आर्थिक वर्षमा १० वडामा सडक पुर्‍याएको छ । विकासको पहिलो मेरुदण्ड सडक भएको ठहर गर्दै भौतिक पूर्वाधारको आधा रकम सडक निर्माणमा विनियोजन गरेको थियो । वडा नं २ रतडाबाहेक सबै वडामा सडक पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

छाउगोठ त्याग्दै किशोरी

१४ वर्षको उमेरमा पहिलोपटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी खाँडाचक्र–६ की मुगा विश्वकर्मा १९ वर्षकी भइन् । उनी महिनैपिच्छे छाउ पालो आएपछि गोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुन्थिन् । अहिले भने उनी छाउगोठ बस्दिनन् । ‘छाउ त बार्ने होइन, सरसफाइ गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् ।

किशोरीलाई प्रजनन शिक्षा

१२ वर्षको उमेरमा विवाह, १५ वर्षमा गर्भवती अनि २३ वर्षमा पाँच बालबच्चाकी आमा । कालीकोटको रास्कोट ९ चुत्तिकोटकी एक महिला अहिले पाठेघरको समस्याले पीडित छन् ।

तुलाराम पाण्डेका लेखहरु :

पीडितको बास त्रिपालमै

मुगुको किम्रीगाउँमा आगलागी भएको ९ महिना बित्यो । घटनामा १९ घर जलेका थिए । आगलागीलगत्तै कर्णाली प्रदेश सरकार र संघीय सरकारले पीडित परिवारलाई बसोबासको व्यवस्था गर्ने आश्वासन दिए ।

कर्णालीमा डुबेर अस्ट्रेलियन नागरिकको मृत्यु 

कर्णाली नदीमा डुबेर एक जना अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । मुगुबाट सुर्खेत जान सिंगल डुंगा चढेर आएका ३१ वर्षीय एड्रिन केरनान् सवार डुंगा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–३ आम्तडामा ढुंगामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा नदीमा डुबेर मृत्यु भएको हो । 

जिल्ला बाल भेलाः ‘न्यूनतम २० प्रतिशत बजेट छुट्याऊ’

बालबालिकाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यको माग गर्दै कालीकोटका बालबालिकाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेका छन । छैंटौ जिल्ला बाल भेलाले बालअधिकारका लागि कालीकोट घोषणापत्र जारी गरेको हो । 

कालिकोटको मोल्फोमा पहिरो, दुई घर भत्किए, एक सय ८ घर प्रभावित

गए रातिदेखिको अविरल वर्षाले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ५ साविकको दाहा गाविसको वडा नं ३ मा पर्ने मोल्फामा भीषण पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट फुटेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय ८ घर प्रभावित भएका छन् । 

भर्ना अभियानः निजी छाडेर सामुदायिकमा

जिल्लामा जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सार्वजनिक विद्यालयमा भर्ना गर्न अभियान चलाइएको छ । आफ्नो गाउँको सरकारी विद्यालयमा पढाउनुपर्ने बहस चलाएसँगै जनप्रतिनिधिले छोराछोरी सरकारी विद्यालयमा भर्ना गरेका छन् ।