सुशील पौडेल

कमाइका सात सूत्र

फिल्म कहिल्यै कुनै अवार्डमा उत्कृष्ट नहुने, व्यक्तिगत रुपमा पनि कहिल्यै उत्कृष्ट अभिनेताको अवार्ड नपाउने, समीक्षकले कहिल्यै तारिफ नगर्ने, नाच्न र अभिनयमा खासै अब्बल नभएका सलमान खान बक्सअफिसमा कसरी ॅकिङ मेकर’ बनिरहेका छन् ? के तत्वले उनलाई लोकप्रिय अभिनेता बनाएको छ ? कोही किन उनका जबरजस्त फ्यान बन्न तयार छन् ? सलमान सबैका लागि रहस्यमयी र शक्तिशाली सुपरस्टार हुन्  । उनको फिल्मी कमाइ सूत्रबारे सुशील पौडेल लेख्छन् :

सधैँ आरोप–प्रत्यारोप

फिल्म समीक्षाकै कारण बेलाबखत फिल्मकर्मी र समीक्षक/पत्रकारबीच विवाद चल्दै आएको छ । मिडिया हाउसमै आएर पत्रकार थर्काएका घटना पुराना भइसके ।

मीन भामको ‘अ इयर अफ कोल्ड’लाई ६० हजार डलर ग्रान्ट

नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ ।

सामान्य कथामा अब्बल

भोक मीठो कि भोजन ? चर्को भोक लागेको बेला जुनसुकै भोजन पनि स्वादिलो लाग्छ भने अघाएको बेला जतिसुकै मीठो भोजन पनि रुच्दैन । नेपाली दर्शकमा राम्रा फिल्मको भोक ठूलो छ । तर बर्सेनि प्रदर्शनमा आउने सय हाराहारीका फिल्मले पनि उक्त भोक मेटाउन सकेका छैनन् ।

नाम सरल, स्वाद चर्को

दिनहुँ पकाउने भए पनि सधैंको दालभात उस्तै मीठो हुँदैन । चिज उही भए पनि पाकशैली फरक पर्‍यो भने खानाको स्वादमा फरक पर्छ । हास्य क्षेत्रका दर्शकका लागि गुलियो जोडी हो, मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ।

सुशील पौडेलका लेखहरु :

माटो सुहाउँदो “साइँली”

फिल्म ‘कबड्डी’ र यसको सिक्वेलपछि रामबाबु गुरुङलाई ग्रामीण जनजीवन र त्यही सेरोफेरोका पात्र, कथालाई टपक्कै टिपेर पर्दामा उतार्न सक्ने कोटिका निर्देशकमा लिन थालियो ।

मझधारमा “कागजपत्र”

भुइँमान्छेले आकाश छुने ठूला सपना देख्नु हुन्छ वा हुँदैन ? अथवा, आफ्नो गच्छेभन्दा ठूला सपनाको पछि लाग्दा केकस्ता समस्या आइपर्लान् ? फिल्म ‘कागजपत्र’ यस्तै एक परिस्थितिको वर्णन गर्छ, जुन फिल्म यतिबेला देशभरका हलमा लागिरहेको छ । अपिल विष्टले आफ्नै पटकथामा उक्त फिल्मको निर्देशन गरेका हुन् ।

द म्यान फ्रम काठमान्डु - “विश्वको ढोका खोल्छ”

सुपर हिरो हैन, एउटा हिरोको यात्रा कथा भनिएको ‘द म्यान फ्रम काठमान्डु’ शुक्रबारदेखि नेपाल रिलिज भइरहेको छ । यसका लागि रिलिजको पूर्वसन्ध्यामा नै काठमाडौं झरिसकेका छन्, फिल्मका मुख्य कलाकार ‘ब्याड म्यान’ उर्फ गुल्सन ग्रोभर । बिहीबार मात्रै पाटन दरबार स्क्वायरमा फिल्मको प्रमोसन गर्न पुगेका गुल्सन बिहीबार फिल्मको प्रिमियर सोमा देखिएका थिए । यो उनको तेस्रो नेपाल भ्रमण हो ।

दुई वर्षमा ७० नयाँ निर्देशक

डिजिटल प्रविधिको विकाससँगै नेपालमा फिल्म निर्माण र प्रदर्शन दर हात्तै बढेको छ । फिल्मको संख्यासँगै यसमा आवद्ध कलाकार, प्राविधिकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसमा नयाँ निर्देशक भित्रिने मात्रा सर्वाधिक देखिएको छ ।

अपर्याप्त प्रयास

बलिउडले बासी बनाइसकेको फर्मुलामै फिल्म बन्ने आरोप खेप्दै आएका नेपाली फिल्मकर्मीले पछिल्लो समय आफ्नै कथा, परिवेश र पात्रलाई टिपेर फिल्म बनाउने प्रयास गर्नु राम्रो हो । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ पनि यही प्रयासको सिलसिला हो ।