२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रासस/एएफपी

रासस/एएफपीका लेखहरु :

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । 

अमेरिकी सहायता समुद्री मार्ग हुँदै गाजामा

अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २ सय ४० टन खाद्यान्नलगायत सामग्री गाजामा वितरणका लागि तयारी भइरहेको संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थाले साइप्रसबाट हुँदै अर्को २ सय ४० टन खाद्यान्न भरिएको डुंगा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ । 

सुडानमा लाखौं व्यक्ति भोकमरीको जोखिममा : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसंघको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्र्याउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।

यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।

गाजामा युद्धविराम गर्न फ्रान्सको आह्वान

फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि आह्वान गरेकी छन् । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको उनले बताएकी हुन् ।

सन् २०२३ मा अमेरिकामा घरविहीनको संख्यामा उल्लेख्य वृद्धि

संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको संख्यामा यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ ।

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल–हमास युद्धबारे छलफल

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल–हमास युद्धबारे छलफल भएको छ ।चीन र अमेरिकाका शीर्ष कूटनीतिज्ञले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् । 

स्पेनमा पृथकतावादीलाई आममाफी दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन

क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् ।

चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने

यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् । 

रुसलाई हतियार दिएको भन्दै उत्तर कोरियाको आलोचना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा हतियार पठाएको भन्दै उत्तर कोरियाको आलोचना गरेका छन् । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँग बिहीबार बैठकपछि उनले युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न उत्तर कोरियाले हतियार पठाएको आरोप लगाएका हुन् ।