२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

घनश्याम भूसाल

घनश्याम भूसालका लेखहरु :

कृषिक्रान्तिका लागि प्रधानमन्त्रीलाई आह्वानपत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,यो पंक्तिकार सम्बद्ध रहेको पार्टीको नेता नै कृषि तथा पशुपन्छी विकासमन्त्री हुँदाहुँदै तपाईंलाई यो खुला पत्र पठाउनुको खास कारण छ । प्रथमतः कृषिको मामिला सिँचाईं, बन, उद्योग तथा वाणिज्य, अर्थ, सहकारीआदि मन्त्रालयहरूसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । कैयन् मामिलामा परराष्ट्र मन्त्रालय पनि जोडिन्छ । ती सबैको राम्रो समन्वयबिना कृषि मन्त्रालयले मात्रै ठूलो परिणाम निकाल्न सक्दैन ।

एमाले र माओवादी पछि फर्के, नेकपा एसको कार्यदिशा ठीक

करिब डेढ वर्षदेखि मैले सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा नयाँ उचाइबाट कम्युनिस्ट पार्टीहरुबीच एकता गर्नुपर्छ भनेर पार्टीमा प्रस्ताव राख्दै, सार्वजनिक रुपमा लेख्दै र बोल्दै आएको कुरा सर्वविदित नै छ । नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै कम्युनिस्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन् भनेर सार्वजनिक रूपमा बोल्दै आएको छु । 

वाममोर्चा, एकता र पुनर्गठनको रोडम्याप

माओत्सेतुङले धेरै पटक व्याख्या गरेको एउटा सिद्धान्त ‘संयुक्त मोर्चा’ हो । त्यसले भन्छ- प्रमुख विपक्षीका विरुद्ध क्रान्तिका सबै सहयोगीहरूलाई एकत्रित गर्नु नेतृत्वको योग्यता हो । तर नेपालका कम्युनिस्टहरूका अगाडि एउटा मर्मान्तक तथ्य छ- श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् र माओका चेलाहरू प्रयोग भएका छन् ।

कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश

२०७४ असोज तेस्रो हप्ता नेपालको राजनीतिमा अचानक असाधारण मोड आयो— नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चुनावमा गठबन्धन गर्न र भविष्यमा पार्टी एकता गर्न तयार भए । त्यसले नेपालको कम्युनिस्ट आन्दोलनको इज्जत, प्रतिष्ठा, शक्ति, प्रभावलाई ह्वात्तै बढायो । सुदूर गाउँका कम्युनिस्ट सदस्य र समर्थकहरूमा समेत आफू कम्युनिस्ट पार्टीको सदस्य वा शुभचिन्तक भएकामा आत्मगौरव बढ्यो ।

नेकपा एमाले : के हो महाधिवेशनको मुख्य काम ?

२०७२ सालमा संविधान जारी भएपछि, र नेकपा एमाले र नेकपा माओवादी एकीकरणले ७० वर्षपछि यस मुलुकले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्ने ग्यारेन्टी पायो भन्ने विश्वास जागेको थियो । तर घटनाक्रमले असाधारण नाटकीय मोड लियो । गत पुस ५ गते संसद्को विघटनपछि नेपाल फेरि अस्थिरताको सुरुङतर्फ लाग्यो ।