बालिका थपलिया

महिमा मात्रै

जब दसैँको हामीमाझ आगमन हुन्छ तब दुर्गा भवानीको महिमा गाउँछौं । राक्षस मारेर सत्यको जित गराउने उनको बडादसैँमा पूजा गर्छौं । नवरात्रिमा पनि हामी देवीहरूकै उपासना गर्छौं । मालसिरीको धुनले उनको गुनगानको व्याख्या गरेको छ । बडादसैँलाई हामीले देशको ठूलो चाँडको रूपमा मान्दै आएका छौं ।

सुरी र कुती

अवतार अहिले चार वर्षका भए । उनलाई कुकुर, बिरालो, खरायो, चराचुरुंगी एकदम मन पर्छ । उनको घरको बिरालो र कुुकुरले छाउरा पाएको दिन अवतार एकदम खुसी भए ।

अपांगता र सुविधा

अपांंगता परिचयपत्र प्राप्त गरेकाहरूलाई सरकारले विशेष किसिमका सामाजिक तथा कानुनी सुविधाहरूको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, सहायक सामग्री आदिमा यी सुविधाहरू प्राप्त गर्न सकिन्छ । रातो र निलो परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले क्रमश: मासिक २ हजार र १ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सुविधा छ ।

श्रवण–दृष्टिविहीनका समस्या

अपांगतामा विविधता हुन्छ । कुनै अपांगता भएका व्यक्ति आत्मनिर्भर भएर जिउन सक्छन् भने कुनै अपांगता भएका व्यक्तिलाई हरपल अरूको सहारा चाहिन्छ । हाम्रा ज्ञानेन्द्रियहरूमध्ये कुनै एउटाले काम गर्न छाड्ने बित्तिकै समस्या सुरु भइहाल्छ ।

मानसिक स्वास्थ्यको ख्याल

शरीरलाई सञ्चालन गर्ने रिमोट कन्ट्रोल मस्तिष्क हो । आफ्नो दिमागले जे अह्राउँछ, हामी त्यही कार्य गर्छौं । मस्तिष्कमा कुनै समस्या आएन भने हाम्रो दैनिक क्रियाकलापमा सन्तुलन आउँछ । तर गडबडी आए हाम्रो सिङ्गो जीवनमा प्रभाव पर्छ ।

बालिका थपलियाका लेखहरु :

अपांगतामैत्री समाजको खाँचो

हामीलाई थाहा नै छ, व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समुदाय अनि समाज बन्छ । समाज हाम्रो जीवन स्तरको ऐना हो । अनि समग्रमा हामी मिलेर नै समाजको निर्माण भएको हो । समाज उदाहरणीय छ/छैन भन्ने व्यक्ति र परिवारको संवेदनशीलतामा निर्भर गर्छ ।

जन्मजात र जन्मपछिको अपांगता

अपाङ्गता शब्द एउटा भए पनि यसका हाँगाबिँगा एकदम धेरै छन् । शरीरको कुनै पनि अङ्गमा कमी–कमजोरी आएर दैनिक जीवनको सरल कार्यसम्पादनमा कठिनाइ उत्पन्न हुनुलाई अपांगता भनिन्छ । जुनसुकै व्यक्तिमा पनि अपांगता हुनुको पछाडि धेरै कारण जोडिएका छन् ।

जीवनका सहयात्री सहयोगी सामग्री

शरीरको कुनै पनि भागमा समस्या आएर आफ्नै अङ्गले काम गर्न नसक्ने भएपछि परिस्थितिलाई सहज बनाउन व्यक्तिपिच्छे कुनै न कुनै सामग्रीको आवश्यकता पर्छ ।