माधव अर्याल

चुरेमा जथाभावी दोहन

जिल्लाको चुरे क्षेत्रमा गरा सम्याउने नाममा जथाभावी दोहन अनुमति दिएको छ । राजनीतिक नेतृत्व, पहुँचवाला, ढुंगा–गिट्टीको काम गर्ने ठेकेदारले ‘लाइन’ मिलाएर यस्तो अनुमति लिएका हुन् ।

जिप दुर्घटनामा बालकको मृत्यु, ७ घाइते 

तानसेन–तम्घास सडक अन्तरगत रिब्दीकोट गाउँपालिका–३ सिरुखर्कमा सोमबार बिहान भएको जिप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ ।

मारुनी जोगाउँदै स्थानीय

परापूर्वदेखि जिल्लाका मगर समुदायमा लोकप्रिय सोरठी (मारुनी) नाच जोगाउन स्थानीय तम्सिएका छन् । यो नृत्यको सीप हस्तान्तरण हुन नसकेकाले अहिले लोप हुने अवस्थामा पुगेको छ ।

चिरिएका घरमै बास

अविरल वर्षाले तानसेन नगरपालिका ६ बर्तुङस्थित ढकेश्वर पोखरेलको घर भत्कियो । घर भत्किँदा सबै परिवार भित्रै थिए । ढकेश्वरकी श्रीमती लक्ष्मी र छोरा अनीललाई सामान्य चोट लागेको छ । भूकम्पले चर्केको घरमा इन्जिनियरको लापरबाहीले पहेंलो कार्ड टाँसेपछि टालटुल गरेर पोखरेल परिवार त्यहीं बस्दै आएको थियो ।

पाल्पा जिप दुर्घटना : वेपत्ता दुवैको शव भेटियो 

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरे देउरालीमा जिप दुर्घटना हुँदा वेपत्ता दुई जनाको शव फेला परेको छ । पाल्पाको तानसेन नगरपालिका–१० तेल्घा गणसालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने (डोल्पाली) को पहिरो र सोही सवारी साधनले च्यापिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

माधव अर्यालका लेखहरु :

सबै वडामा प्रसूति केन्द्र

पूर्वखोला गाउँपालिकाको सहयोगमा सबै वडामा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन गरिएको छ । ६ वडामा रहेको गाउँपालिकामा देवीनगर, जल्पा र हेक्लाङ स्वास्थ्यचौकीमा चालु वर्षबाट केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पहिरो खसेपछि फेरि सिद्धार्थ राजमार्ग अवरुद्ध

अबिरल वर्षासंगै खसेको पहिरोले हिजो रातिदेखि उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि सबै सवारी साधन बाटोमै रोकिएर राखिएको छ भने यात्रुहरु पैदलै गन्तव्य तर्फ जान पनि सकेका छैनन् ।

अधिकांश विद्यार्थी निजीबाट आए

शैक्षिक वर्षको सुरुवातमै रामपुर नगरपालिका ५ स्थित रामतुल्सी माविमा ३ सय ५० नयाँ विद्यार्थी भर्ना भए । तानसेन नगरपालिकाको जनता माविमा २ सय ७५ भर्ना भइसके । तानसेनकै देववाणीमा ९० विद्यार्थी नयाँ आए । तानसेन ९ दमकडा माविमा पनि ९० जना नै नयाँ थपिएका छन् । माथागढीको दिव्यज्योति मावि कसेनीमा पनि १ सय ५० भन्दा बढी भर्ना भइसकेका छन् ।