ठाकुरसिंह थारू

घरैपिच्छे माछा पोखरी

बढैयाताल गाउँपालिका ५ र त्यस आसपास क्षेत्रमा साढे २ सयभन्दा बढी माछा पोखरी छन् । झन्डै दुई सय स्थानीय बासिन्दाले व्यावसायिक माछापालन गरी आर्थिक अवस्था सुधारेका छन् । स्थानीय मीनराज पंगेनी, पुष्प भुसाल, सीताराम चौधरी, रामप्रकाश चौधरी र भक्तराम थारूलगायत किसानले माछाबाटै राम्रो आम्दानी लिइरहेका हुन् ।

पहिचान खोज्दै सोनाह

सरकारी प्रयोजनका कागजातमा जातीय पहिचान खुलाउनुपर्छ । यसका लागि जातीय सूचीमा टिक लगाउनुपर्छ । अल्पसंख्यक सोनाह समुदाय भने त्यसबाट वञ्चित छन् । सरकारले उनीहरूलाई सूचीकृत गरेकै छैन । 

बाह्रै महिना खेत हरिया

युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । खेती गर्ने जिम्मेवारी ज्येष्ठ नागरिक र महिलाको काँधमा आएको छ । खेतीयोग्य जमिन घट्दो छ । यही बेला बाह्रै महिना खेत हरियाली हुने गरी सरकारले कृषि लक्षित कार्यत्रम सञ्चालन गरेको छ ।

थारू फिल्मलाई च्यारिटीकै भर

हालै निर्माण सम्पन्न थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ को निर्माण लागत ४० लाख रुपैयाँ दाबी गरिएको छ । ‘भुरभुरा रहर’ को अर्थ हुन्छ ‘काँचो सपना’ । थारू भाषाको फिल्म निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि लगानी उठाउने मामलामा भने ‘काँचो सपना’ जस्तैको स्थितिबाट गुज्रिरहेका छन् फिल्मकर्मीहरू ।

गाउँले पाए संरचना, खेलाडीले सम्मान

नेपाल आर्मीका खो खो खेलका प्रशिक्षक लक्षमीनारायण वैद्य प्रतिस्पर्धाका लागि खेलाडीको टोलीसहित बर्दिया ठाकुरबाबा नगरपालिका २ रानीपुर गाउँमा छन् । बर्दिया राष्ट्रिय निकुन्ज छेउको उक्त गाउँ पुग्ने सपनामा पनि सोचेका थिएनन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले भने त्यो अवसर जुरायो ।

ठाकुरसिंह थारूका लेखहरु :

प्लास्टिकमुक्त सहर अभियान : अटेर गरे कारबाही

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्लास्टिकमुक्त सहर बनाउने निर्णय गरेको छ । गत आइतबार भएको चौथो नगरसभाले प्लास्टिकमुक्त उपमहानगरपालिका घोषणा गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । सभामा फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि छलफल गरिएको थियो ।

खुसी बाँड्दै आमाहरू

यहाँका एचआईभी संक्रमित आमाहरू स्वस्थ बच्चा जन्माउन थालेपछि खुसी छन् । यसअघि चिकित्सकले त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे । कारण उनीहरूले जन्माउने शिशु फनि संक्रमित हुन्थे । चिकित्साशास्त्रको आधुनिकीकरणसँगै संत्रमित आमाहरूको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकामा उनीहरू खुसी र दंगदास छन् । 

नेपालगन्ज-कोहलपुर विद्युतीय बस : नीतिगत काम सुरु, पूर्वाधार शून्य

प्रदेश सरकारले नेपालगन्ज-कोहलपुरसम्म विद्युतीय बस सञ्चालनका लागि नीतिगत काम सुरु गरेको छ । तर आवश्यक पूर्वाधारको काम शून्य छ । चालु आवमै नेपालगन्ज-कोहलपुर र बुटवल-भैरहवासम्मको दुरीमा बिद्युतीय बस संचालनका लागि प्रदेश सरकारले साढे पाँच करोड रकम विनियोजन गरेको थियो ।

मदरसामा अमेरिकी राजदूत

मुस्लिम बालबालिकाले उर्दू र फारसी भाषासहित १० कक्षासम्म पढ्ने नेपालगन्जस्थित बरकतिया मदरसामा बुधबार बिहानैदेखि फरक रौनक देखियो । बाँकेको माविसम्म पढाइ हुने एक मात्र मदरसामा नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी डब्लू बेरी पुगेका थिए ।

सीमा क्षेत्रमा लागूऔषध कारोबार बढ्यो

रेडियोभित्र लुकाएर भारत लैजाँदै गरेको करिब साढे ४ किलो चरेससहित दुई नेपाली महिलालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गत सोमबार पक्राउ गर्‍यो  । आफूहरूले २ लाख रुपैयाँमा चरेस किनेर भारतको कुल्लु मनाली लैजान थालेको पक्राउ परेका रोल्पा थबाङकी मायादेवी विक र श्रीकुमारी विकले बयानका क्रममा बताए  ।