१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

श्यामसुन्दर शशि

श्यामसुन्दर शशिका लेखहरु :

एमाले मधेसविरोधी भएको मन्त्री रिजालको आरोप

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मधेसबाट धेरै सांसद जितेको नेकपा एमाले अचेल मधेसकै विरोधमा उत्रेको आरोप लगाएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री रिजालले नागरिकता पाउने जनताको संवैधानिक अधिकारविरुद्ध एमाले लागेको आरोप लागेका हुन् । 

जनकपुरधाममा ब्यापार मेला 

शुक्रबारदेखि जनकपुरधाम ब्यापार मेला–२०७९ सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनमा सुरु भएको मेलाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्‌घाटन गरे । फागुन १४ गतेसम्म ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने उक्त मेलामा देश विदेशका गरी १ सय २५ वटा विभिन्न ब्राण्डका उत्पादनको स्टल राखिएका छन् ।

विवाहोत्सवले भरिभराउ जनकपुर

राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

‘नहाय–खाय’सँगै छठ पर्व सुरु

छठ पर्व मान्ने व्रतालुले शुक्रबार पवित्र जलाशयमा स्नान गरी चोखो खानेकुरा खाएर चार दिवसीय छठ महापर्व सुरु गरेका छन् । नहाय–खाय गरी प्रारम्भ भएको छठ पर्वको दोस्रो दिन शनिबार व्रतालुहरू ‘षडना’ गर्छन् ।

धनुषाका नवनिर्वाचित पालिका प्रमुखहरुले लिए शपथ 

धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले शपथ लिएका छन् । जनकपुरधाम उपमहानगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार अपराह्न सामूहिक शपथ ग्रहण समारोहमा उनीहरुलाई जिल्ला अदालतका न्यायाधीश तथा जिल्लाका मुख्य निर्वाचन ब्रजेश प्याकुरेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

साहित्यकार भ्रमरको ५० औं कृति सार्वजनिक

मैथिली र नेपाली भाषाका चर्चित साहित्यकार रामभरोस कापडी ‘भ्रमर’द्वारा लिखित ‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’ सार्वजनिक गरिएको छ ।

कांग्रेस जनकपुर नगर सभापति साहले दिए राजीनामा 

नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति मनोज साहले पार्टीबाट राजीनामा दिएका छन् । विद्यापति चोकमा रहेको घरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले वैशाख ३० गते हुने निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाको मेयर पदमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने पनि बताए । 

जनकपुरको मेयर पद जसपालाई दिएपछि कांग्रेसमा असन्तुष्टि

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टीको भागमा परेपछि नेपाली कांग्रेसभित्र असन्तोष चुलिएको छ । बुधबार कांग्रेस समर्थित युवाहरूले सत्तागठबन्धन दलका शीर्ष नेताहरूको पुत्ला दहन गरेका थिए भने कांग्रेस नगर समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी निर्णय सच्याउन अपिल गरेको थियो । बिहीबार कांग्रेस नगर समितिका सभापति तथा मेयरका प्रत्यासी मनोज साहले निर्णय नसच्याए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

आरोपित छुटेर विदेश, घाइतेको मृत्यु

धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वाका ३७ वर्षीय सरोजकुमार मण्डलको शव बोकेको बाहन बुधबार बिहान ९ बजेतिर गाउँ पुग्यो । शव बाहन गाउँ पुग्दा मृतकका परिवार र स्थानीय शोकाकुल देखिन्थे ।