हरिहर विरही

हरिहर विरहीका लेखहरु :

पद उदासीन प्रदीप

प्रदीप गिरिको जीवनको पहिलो रोजाइ राजनीति थिएन । प्राध्यापक, लेखक वा दार्शनिक बन्न चाहनुहुन्थ्यो, तर कालान्तरमा उहाँको जीवन राजनीतिक वृत्तमै केन्द्रित रह्यो । पटकपटक सांसद र पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । योबाहेक कुनै पदमा जान चाहनुभएन । मौका नपाएको होइन, तर त्यस्ता कुनै पनि प्रस्ताव हाँसेर उडाइदिनुभयो । मानिस पदले होइन, सिद्धान्त, विचार र चरित्रले ठूलो हुन्छ र यस्तो वातावरणमा पदले मानिसको कद झन् घटाउँछ भन्ने बुझ्नुभएको थियो । त्यसैले उहाँ पदलाई अर्थहीन मात्रै होइन, लक्ष्यमाथिको अवरोधै ठान्नुहुन्थ्यो ।