१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विजय तिमल्सिना

विजय तिमल्सिनाका लेखहरु :

मौद्रिक नीति २०७८/७९ : लघुवित्तको संख्या घटाउने रणनीति

नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने रणनीतिसहितको मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै थोक तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर गर्न सक्ने व्यवस्था गरिने जानकारी दिए ।

न्यु बुटवल–गोरखपुर प्रसारण लाइन : एक अर्ब लगानी गर्न स्वीकृति

सरकारले नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माण गर्ने भनिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा १ अर्ब रुपैयाँसम्म लगानी गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा एक अर्ब रुपैयाँसम्म लगानी गर्न प्राधिकरणलाई अनुमति दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधु भेटवालले जानकारी दिए ।

चुनौतीपूर्ण पुनरागमन 

कुलमान घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो । कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार चर्चाको केन्द्रमा छन् । 

स्टार्टअप व्यवसायलाई बीउ पुँजी दिने भन्दै झुलाउँदै

पछिल्लो ९ वर्षदेखि काठमाडौंको बलम्बुमा सञ्चालित हिमालयन रेबिट फार्मले उपत्यकाका ठूला होटलमा खरायोको मासु बिक्री गरिरहेको छ । खरायो पाल्न चाहने किसानलाई तालिम पनि दिइरहेको छ । उक्त फार्मलाई नागढुंगानजिकै विस्तार गर्न सञ्चालक उज्ज्वल चापागाईंलाई ४० लाख रुपैयाँ चाहिएको थियो ।

विद्युत् महसुल छुट : बजेटमा घोषणा, कार्यान्वयनमा छैन

सरकारले यस वर्षको बजेटमार्फत विद्युत् महसुलमा छुट घोषणा गर्‍यो । तर यसको कार्यान्वयन गर्ने निकायलाई अहिलेसम्म पनि औपचारिक जानकारी नभएको पाइएको छ । सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटमा २० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहक र साना उपभोक्तालाई निषेधाज्ञाभर निःशुल्क विद्युत् दिने घोषणा गरेको थियो । 

परीक्षणकालमा फाइभजी नि:शुल्क

दूरसञ्चार सेवा प्रदायकहरूले फाइभजी परीक्षण गर्दा प्रयोगकर्ताबाट शुल्क लिन नपाइने प्रावधानसहित नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि जारी गरेको छ । फाइभजी परीक्षणका लागि बढीमा एक वर्षसम्मका लागि सेवा प्रदायकलाई नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने प्रावधान पनि कार्यविधिमा राखिएको छ ।

नेपाली बैंकको साइबर प्रणाली कति सुरक्षित ?

१५ वटा बैंकको अनलाइन प्रणाली ह्याक गरी पैसा चोर्ने चेतावनीसहित नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई इमेल र फोन कल आएपछि नेपालको बैंकिङ क्षेत्र बिहीबार दिनभर चिन्तित बन्यो ।

घोषणा १३ सय मेगावाटको, थपियो ३ सय मात्रै

सरकारले गत आर्थिक वर्षमा १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेको भए पनि ३ सय मेगावाट विद्युत् मात्रै थपिएको छ ।

उद्घाटनको दुई सातामै तामाकोसी बन्द

पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए । 

ओली मन्त्रिपरिषद्को अन्तिम बैठक : ६ अर्ब बक्यौता नतिर्ने स्मार्ट टेलिकमको म्याद फेरि थप

६ अर्ब बक्यौता राखेर नवीकरणको म्यादसमेत गुजारिसकेको स्मार्ट टेलिकमलाई निवर्तमान सरकारले जाँदाजाँदै छुट दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा असार २८ मा बसेको अन्तिम मन्त्रिपरिषद् बैठकले स्मार्टलाई अझै ६ महिनासम्म पनि बक्यौता तिर्न मिल्ने छुट दिएको छ ।