२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुदिप कैनी

सुदिप कैनीका लेखहरु :

आयोग बन्छन्, प्रतिवेदन हराउँछन् : ३३ किलो सुन छानबिन आयोगको प्रतिवेदन ५ वर्षदेखि लुकाइयो

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि त्यसले दिएका सुझाव र सिफारिस कार्यान्वयनमा भने आशंका उब्जेको छ । विगतमा बनेका यस्तै उच्चस्तरीय छानबिन समिति र आयोगका प्रतिवेदन लागू गर्नुको सट्टा सरकारले नै गायब पार्नेसम्मका काम गरेकाले यस पटक पनि कार्यान्वयन हुनेमा ढुक्क हुने अवस्था देखिँदैन । 

शिक्षा मन्त्रालयका बेबारिस कागजात

शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।