सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका छन् । छोरा राहुल विद्युतीय चुरोट (भेप) मा राखी गरिएको ९ किलो सुन तस्करीमा गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय ल्याइएको छ । सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् भने उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भएको छ । तर योभन्दा उच्चस्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न आकर्षित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर भएको छ ।
छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र चिनियाँ व्यापारीबाट लिएको ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा चिनियाँ अदालतबाट दोषी ठहर भएको खुलासा भएको छ । तत्कालीन उपराष्ट्रपतिसमेतलाई जानकारी भएको यो विषय नेपालमा भने चार वर्षसम्म गुपचुप थियो । कान्तिपुरले सप्रमाण समाचार लेखेपछि अनुसन्धान सुरु भएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् । तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको छ ।
पूर्वाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको छ । रिक्त पदमा समयमै पूर्णता दिन नसक्दा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका छन् । दैनिक कार्य सञ्चालन गर्न भन्दै निमित्त उपकुलपतिहरू तोकिएका हुन् ।
लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ ।