विमल खतिवडा

विमल खतिवडाका लेखहरु :

भौतिकमा सारियो द्रुतमार्गको साढे चार अर्ब

काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाले विनियोजित सबै बजेट खर्च गर्न नसकेपछि करिब साढे चार अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता भएको छ । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि २२ अर्ब ५० करोड ३८ लाख रुपैयाँ विनियोजन भएकामा ४ अर्ब ५२ करोड रुपैयाँ रकम फिर्ता भएको आयोजनाले जनाएको छ ।

अब गैरआवासीय नेपालीलाई नागरिकता

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुवैलाई नागरिकता प्रदान गरिएको हो ।

मुड्खु–तीनपिप्ले सडकलाई दुई महिनापछि बजेट

बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्ड निर्माणका लागि करिब दुई महिनापछि अर्थ मन्त्रालयले रकमान्तर गर्न स्विकृती दिएको छ । सडकको भ्याटसहित ठेक्का रकम १५ करोड रुपैयाँ रहेकोमा पहिलो चरणमा १० करोड रुपैयाँ रकमान्तरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमा पठाइएको थियो ।

दलका घोषणापत्रमा नयाँ सहर : घोषणा गर्ने, काम नगर्ने  

प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना घोषणापत्रमा सहरी विकासतर्फ महत्त्वाकांक्षी योजना अघि सारेका छन् । घोषणापत्रमा वर्षौंदेखि पूरा हुन नसकेको नयाँ सहर विस्तारलाई विशेष प्राथमिकतामा राखेका छन् ।

पहिरो मात्रै पुग्छ चिवाभन्ज्याङ नाकामा

तीनतिम्बुमा खेतीपाती गर्दै आएका ७२ वर्षीय तेजबहादुर बेघाको जीवनमा जोडिएको खुसीको एउटा कारण हो– आफ्नै घरआँगन हुँदै अघि बढ्ने मध्यपहाडी राजमार्ग । राजमार्ग बन्न थालेदेखि नै उनको मनमा पलाएको गाडी चढेर माथि चिवाभन्ज्याङ द्विदेशीय नाका पुग्ने र यताउताको रमिता हेर्ने आकांक्षा भने अझै पूरा भएको छैन ।

बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’ मा बनाइने, ७ महिनामा सक्ने लक्ष्य

बालाजु–रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्नेगरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७.१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयूक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।

७ पटक म्याद थप्दा ७९ प्रतिशत काम

भक्तपुर–नगरकोट सडकको स्तरोन्नति ०७१ जेठ २२ मा सुरु भयो । अहिले यसको प्रगति ७९ प्रतिशत पुगेको छ, त्यही पनि ठेक्काको म्याद सात पटक थपेर ।

निर्माण सुस्त रहेको फास्ट ट्र्याकलाई ३० अर्ब बजेट प्रस्ताव

आगामी आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि ३० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । राष्ट्रिय योजना आयोगले उक्त रकम फास्ट ट्र्याकका लागि प्रस्ताव गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिलिङ (बजेट सीमा) तोकेर पठाएको थियो । त्यही सिलिङमा नघट्ने गरी बजेट प्रस्ताव गरेर अर्थ मन्त्रालय पठाइएको मन्त्रालय स्रोतको दाबी छ । 

प्रधानमन्त्री देउवा र मोदीले शनिबार रेलको भर्चुअल्ली उद्घाटन गर्दै  

जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । 

प्रदेशहरूमा लागू भएन इम्बोस्ड नम्बर प्लेट

नाम टुंगिएका प्रदेशमा मंसिर १ बाट सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनिए पनि अझै भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ मा राजपत्रमा सूचना प्रकाशन गर्दै वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो ।