सिन्हवा

फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा बुधवार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्पको कारण क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू-विज्ञान विभागले जानकारी दिएको छ । 

कारबाहीमा १२ लडाकु मारिए 

अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षा बलले तालिवान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । खोगीआनी जिल्लाका कैयौं गाउँमा लुकेर बसेका तालिवान लक्षित कारबाहीमा ती लडाकु मारिएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार जनाएका हुन् । 

साढे १६ हजार अफगान शरणार्थी घर फर्के

अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान र इरानबाट गत साता १६ हजार ६ सय ६३ अफगानी शरणार्थी घर फर्किएको संयुक्त राष्ट्रसंघीय बसाइँसराइ निकाय (आईओएम) ले बुधबार जनाएको छ ।

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

सिन्हवाका लेखहरु :

दुई कोरियाबीच रेल सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने भएको छ । कोरियाली सीमाक्षेत्रमा मंगलबार दुई कोरियाली अधिकारीको संयुक्त बैठकमा दुई देशबीच आधुनिक रेल सेवा सञ्चालन गर्ने सहमति भएको हो ।

कश्मीरमा गोली हानाहान

भारत अधीनस्थ कश्मीरमा बिहीबार सुरक्षाकर्मी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा ३ जनाको ज्यान गएको छ । आक्रमण परी एक सैनिक र दुई विद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।