२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कृष्ण अधिकारी

कृष्ण अधिकारीका लेखहरु :

हवाई उद्धारले नटरेको मातृमृत्यु

२०७७ वैशाख १ गते । बुटवलकी भीमा पाण्डेका लागि नयाँ वर्षको पहिलो दिन मात्रै होइन, जीवनकै अन्तिम दिन बन्यो । त्यसबेला भीमा डेढ महिनाकी गर्भवती थिइन् र बागलुङ, ढोरपाटनस्थित माइतीघर पुगेकी थिइन् । केही दिनअघि मात्रै अचानक पेट दुख्न थालेपछि उनी उपचारका लागि ढोरपाटन प्राथमिक स्वास्थ्य केन्द्र गएकी थिइन् ।