१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

जनकराज सापकोटा

सापकोटा विगत १५ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी सामाजिक न्याय, सुशासन, वैदेशिक रोजगारी, मानव बेचबिखन तथा सुरक्षाका विषयमा समाचार लेख्छन् ।

जनकराज सापकोटाका लेखहरु :

अपराधको जालोमा माओवादीका नेता र तिनका छोराछोरी 

दशक लामो शसस्त्र द्वन्द्वको बलमा उदाएको माओवादी शान्ति प्रक्रिया पछिका १७ वर्षमा आइपुग्दा छिन्न भिन्न मात्रै भएको छैन, पार्टीको शीर्ष तहकै नेताहरु अपराध र संदिग्ध गतिविधीमा एकपछि अर्को गर्दै मुछिन थालेका छन् ।

के नेपाली समाजमा 'रेप कल्चर' विकास हुँदैछ ?

आर्थिक वर्ष २०७५/७६ यताका ५ वर्षमा मात्रै नेपाल प्रहरीमा ११ हजार ७ सय ६८ बलत्कारका घटनाहरु दर्ता भएको देखिन्छ । यो तथ्यांकले औसतमा हरेक दिन ७ जना भन्दा धेरै महिलाहरु बलत्कारको शिकार भएको देखाउँछ ।

ईन्टरपोलको सहयोगमा फरार अभियुक्तहरु स्वदेश ल्याउँदै प्रहरी

नेपाल प्रहरीले प्रहरीको अन्तर्देशीय संगठन (ईन्टरपोल) मार्फत ५२ फरार अभियुक्तहरुलाई नेपाल ल्याईसकेको छ । जसमा सबैभन्दा धेरै संयुक्त अरब ईमिरेटस्‌बाट १९ जना, कतारबाट ९ जना, भारत, साउदी अरब र कुबेतबाट तीन/तीन जना, मकाउ, मलेशिया र चीनबाट  दुई/दुई जनालाई प्रहरीले नेपाल ल्याईसकेको छ । थाईल्याण्ड, क्यानडा, अमेरिका, पोर्चुगल र बहराईनबाट प्रहरीले एक /एक जनालाई नेपाल ल्याईसकेको छ ।

विदेशी भूमिमा गइरहेको फोस्साको जीवन

सन् २००२ मा प्रकाशित एउटा पुस्तक छ— ‘लाहुरेका कथा’ । यसमा सन् १९३२ देखि १९६५ सम्म विदेशी सेनामा भर्ती भएर पहिलो र दोस्रो विश्वयुद्धमा पश्चिममा इराक, प्यालस्टाइन, सिरिया, साइप्रस, मिश्र, ट्युनिसिया, इटाली र पूर्वमा बर्मा, मलेसिया, बोर्नेउदेखि अफगानिस्तान, पूर्वी असम र कश्मीरसम्मको लडाइँमा होमिएका भूतपूर्व लाहुरेहरूको अनुभव कथा समेटिएको छ ।

रुसी सेनामा नेपाली : सजिलो छैन बाँचेर फर्किन

रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाईंमा होमिएका नेपालीहरुमध्ये १२ जनाको मृत्यु भएको विवरण पुष्टि भईसकेपनि मृत्यु हुनेहरुको संख्या यो भन्दा ठूलो हुनसक्ने देखिन्छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाईंमा खटिई बीचमै भागेर आएका नेपालीहरुले सुनाएको विवरण सुन्दा मृत्यु हुनेहरुको संख्या निकै ठूलो हुने देखिन्छ ।

६ छर्रा खाएर रुसबाट फर्कन दलाललाई १२ लाख 

दैलेख आठबिस नगरपालिका–३ का २४ वर्षीय कृष्णबहादुर शाही यतिबेला काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत छन् । शरीरका विभिन्न भागमा गोलीको छर्रा र आधा दर्जनभन्दा धेरै गोलीको चोटले थिलोथिलो परेका उनी पछिल्लो तीन महिनाको यात्रा सम्झिन पनि चाहँदैनन् । पेसाले सिभिल इन्जिनियर रहेका कृष्णको जीवनमा आइपरेको यो दुर्दशाको कारण रसिया–युक्रेन युद्धसँग जोडिएको छ । 

रुस–युक्रेन युद्ध : कुशको शव बनाएर दाहसंस्कार

रुस युक्रेन युद्ध ६ सय ७० दिनभन्दा धेरै भईसक्दा यो युद्धमा कुनै साईनो नभएका नेपालीहरु मारिने संख्या १२ पुगिसकेको छ । युद्धमा मारिएकाहरुको शव नेपाल ल्याउन नसक्दा मृतकका परिवारहरु दोहोरो शोकमा परेका छन् । एकातिर मृत्युको शोक अर्कोतिर परिवारजनको अन्तिमपल्ट अनुहार हेर्न पाईएन भन्ने धोको । यस्तै दुःखमा छन, पोखराका धनराज राई ।

लम्पी स्किन महामारी : ३ अर्ब २२ करोडभन्दा धेरैको पशुधन क्षति,कृषकले राहत पाउने कहिले ? 

२०७९ चैतबाट सुरु भएको लम्पी स्किन महामारीबाट सातै प्रदेशका ६५ हजार ४ सय ४१ पशुको मृत्यु भएपनि पशुपालकहरुले सरकारबाट कुनै राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । पशु सेवा विभागकाअनुसार यो अवधिमा १५ लाख ३६ हजार १ सय ८० पशु संक्रमित भएका छन् । 

सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता, बुटवलको सहकारीबाट करोड उठाएर ग्यालेक्सी टीभीमा सेयर

देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएको छ । ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए ।

८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा

ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब मात्र होइन, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको छ ।