विप्लब महर्जन

सिँचाइ योजना अलपत्र

सिँचाइ योजना बीचैमा अलपत्र परेपछि ग्रामीण क्षेत्रका खेतीयोग्य जग्गा बाँझो हुन थालेका छन्  । ठेकेदारको लापरबाहीले सिँचाइ योजना अलपत्र परेपछि किसानलाई जीविकोपार्जनमा समस्या भएको छ  ।

ज्यालामा लैंगिक विभेद

शारदा नगरपालिका–१ का संगीता नेपाली, दीपा विक, रमेश थापा र बिमला रोकालगायतले सँगसँगै सडक निर्माणको काम गरे । काम एउटै थियो, तर ज्याला भने फरक–फरक बुझे । महिलाले ५ सय ५० पाए भने पुरुषले ७ सय ।

बाँदर र बँदेलले मकै मासे

बन्गाडकुपिण्डे नगरपालिका १, देवस्थलस्थित माल्पे, खहरेखोला, बेलखोला, बाग्चौरलगायत गाउँमा बाँदर र बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । दिउँसो बाँदर र राति बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान आजित छन् ।

गुठीको जग्गामा व्यक्तिका घर

शारदा नगरपालिका–१, शीतलपाटीस्थित रुद्रेश्वर महादेवको एक सय चार रोपनी गुठीको जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गरेका छन् ।

बालविकास केन्द्र अलपत्र

शारदा नगरपालिका १० जलुकेको जनकल्याण आधारभूत विद्यालयमा २०५९ सालदेखि शारदा बालविकास केन्द्र सञ्चालनमा आयो । केन्द्रमा सहयोगी कार्यकर्ताका रूपमा तेजकुमारी योगी बालविकास शिक्षिका नियुक्त गरिइन् ।

विप्लब महर्जनका लेखहरु :

दुई हजार हेक्टर वन अतिक्रमण

यहाँको दुई हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भएको छ । स्थानीयले सामुदायिक तथा राष्ट्रिय वनमा अतिक्रमण गरी घर–टहरा निर्माण तथा खेती गरेका हुन् । स्थानीयले राप्ती लोकमार्ग आसपास रहेका वनका खाली जग्गासमेत छाडेका छैनन् । 

दृष्टिविहीनलाई पठनपाठन समस्या

१८ वर्षीय दृष्टिविहीन सन्तोष पुन दुई वर्षदेखि छात्राबास बसेर शिवजन माविमा कक्षा ९ मा पढ्दै आएका छन् । बामेका सन्तोष दृष्टिविहीन भए पनि सपाङ्ग साथीहरूसँगै बसेर पढ्दा पढाएको बुझ्न कठिन भएको बताउँछन् ।