३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आशिष गजुरेल

आशिष गजुरेलका लेखहरु :

संघ-प्रदेश लडाइँको मारमा सार्वजनिक यातायात

सार्वजनिक यातायातको बेथितिबाट आजित भएका आम जनता सरकारले यस क्षेत्रलाई व्यवस्थित बनाउने भनी कुनै योजनाको घोषणा गर्दा खुसी मात्र हुँदैनन्, त्यसको समर्थन गर्न पनि कन्जुस्याइँ गर्दैनन् । तर सरकारले यस क्षेत्रको सुधारका लागि विगतमा गरेका नीतिगत, कानुनी एवं व्यवस्थापकीय पहलको कार्यान्वयन कहिल्यै हुन नसक्दा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुँदै आएको छ ।

विद्युतीय सवारी प्रवर्द्धनमा सरकारी पहलको खाँचो

अन्य देशमा जस्तै नेपालमा पनि हालका वर्षहरूमा विद्युतीय सवारी साधनबारे चर्चा मात्र बढेको छैन, प्रयोगमा समेत ह्वात्तै वृद्धि भएको छ । एउटा तथ्यांक अनुसार, सन् २०२२ मा विश्वभर २ करोड ६० लाख विद्युतीय कार चलेका थिए जुन २०२१ का तुलनामा ६० प्रतिशत बढी हो । नेपालमा गत वर्ष विद्युतीय सार्वजनिक सवारी साधनको संख्या अघिल्लो वर्षका तुलनामा २३४ प्रतिशतले बढेको छ ।

देश विकास गर्ने कि गफ मात्रै ?

नेपालजस्तो देशमा ठूला परियोजना र विकास त्यति सहज छैन । कानुनी व्यवधानदेखि प्रक्रियागत झन्झट एकातिर छ, अर्कोतिर प्राविधिक र वित्तीय व्यवस्थापनको चुनौती छ । सरकारी बजेटबाट कार्यान्वयन हुने परियोजनाका थप समस्या छन् । सरकार ‘पुँजीगत खर्च बढाउने’ भनेर कहिल्यै थाक्दैन । यसकै निम्ति संविधानमै जेठ १५ मा बजेट घोषणा गर्ने मिति तोकियो । तैपनि पुँजीगत खर्च बढ्न सकेको छैन । लक्ष्यअनुरूप विकास खर्च नहुनुका कारणबारे केलाउनुको सट्टा परम्परागत रूपमा बजेट छुट्याउने तर कार्यान्वयनमा चासो नदेखाउने रोग कायम छ ।

प्राथमिकतामा परोस् सार्वजनिक यातायात व्यवस्थापन

सरकारले ढिलै भए पनि काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन जारी गरेको छ । सरकारको साझा न्यूनतम कार्यक्रममा पनि यो विषय आएको छ । यसले उपत्यकामा अव्यवस्थित र जटिल बन्दै गएको सार्वजनिक यातायातलाई सुव्यवस्थित र भरपर्दो बनाउन चाहिने स्वतन्त्र निकायका रूपमा काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठनको ढोका खोलेको छ ।

घोषणापत्रमा मात्र सीमित नहोस् रेल विकास

संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमदेखि राजनीतिक दलहरूका घोषणापत्रसम्म पढ्ने हो रेलबारेका योजना प्रायः छुटेको पाइँदैन । जुनसुकै पूर्वाधार बहसमा पनि रेल प्राथमिकतामै पर्छ । लामो समयदेखि राजनीतिक संक्रमणमा गुज्रेको नेपालमा यस्ता पूर्वाधारबारे बहस हुनु सकारात्मक कुरा हो जसले समृद्धिको चाहनाको संकेत गर्छ । नेपालको स्थल यातायातमा सबैभन्दा कम उपयोग भएको साधन भएकाले पनि रेलप्रति आम तहमै विशेष कुतूहल छ । 

ट्राफिक जाम व्यवस्थापनका उपाय

विश्वका अधिकांश ठूला सहरको एउटा प्रमुख समस्या हो, ट्राफिक जाम । वर्ल्ड इकनमिक फोरमका अनुसार रुसको मस्को, भारतको मुम्बई, कोलम्बियाको बोगोटा र फिलिपिन्सको मनिला ट्राफिक जामले सबैभन्दा बढी आक्रान्त सहर हुन् । जनसंख्या र सवारी संख्याको वृद्धिको व्यवस्थापनमा चुक्दा ट्राफिक जाम जन्मिने हो ।

सार्वजनिक यातायात सुधारको बाटो

नेपाल विश्वमै सबैभन्दा सस्तो सार्वजनिक यातायात भएको देशमध्ये पर्छ । यसबाट हामीलाई खुसी लाग्न सक्छ । तर यसको अर्को पाटो पनि छ— गुणस्तरीय सार्वजनिक यातायात, जसमा भने नेपाल निकै पछि छ । सार्वजनिक यातायात सस्तो भएर मात्र पुग्दैन त्यो सुलभ, भरपर्दो, सुरक्षित र आरामदायी पनि हुनुपर्छ ।