राजेन्द्र कोजु

राजेन्द्र कोजुका लेखहरु :

तपाईंको मुटुको ख्याल अरूले गरिदिँदैनन्

बिहान चार बजे अस्पतालबाट फोन आयो । धुलिखेल अस्पतालको आकस्मिक कक्षबाटै सहकर्मी चिकित्सकले भन्नुभयो, ‘३४ वर्षीय पुरुषलाई एक घण्टादेखि छाती दुख्यो भनेर इमर्जेन्सीमा ल्याइएको छ । ईसीजीमा मायोकार्डियल इन्फार्कसन (हृदयाघात) को परिवर्तन देखिएको छ । रगतको रिपोर्ट आउन बाँकी छ ।’

‘हेत्तेरिका ! औषधि नै छुट्यो’

‘ला ! औषधि नै ल्याउन बिर्स्यो ।’ ‘के ?’‘हिजो हतारहतार झोलामा कपडा ठुसें, मञ्जन ब्रुस कोचें, औषधिचैं छुटेछ ।’ एक जना साथी कामको सिलसिलामा २–४ दिन गाउँतिर बस्ने गरी जाँदा सहकर्मीसँग बेलुकी एउटै कोठामा थिए । खाना खाइसकेपछि झोलामा औषधि छाम्दा पाएनन् ।

जिब्रो भन्छ- गुलियो-चिल्लो, मुटु भन्छ- नाइँ

अहा, रसबरी कस्तो मीठो ! कति रसिलो ! अझै त्यो स्वाद गा’ छैन ।’ जिब्रो एक्लै बोल्दै थियो । हड्डी नै नभएको ज्यानलाई कहिले तालुमा चिप्काउँदै, कहिले गालामा नचाउँदै, दाँतको कुनाकाप्चा चहार्दै खुसी भइरहेको थियो जिब्रो । ‘अझ त्यो मासुको झोलसँगको भात त ! जत्ति खाए ’नि नपुग्ने ।’ मासुको स्वाद सम्झँदै ओठ फेरि एक पटक चाट्यो जिब्रोले । ‘त्यो मोरो पेटले ठाउँ छैन भन्यो र पो ! नत्र त अर्को एक थाल खान्थें नि !’