सृष्टि राणा

सृष्टि राणाका लेखहरु :

ती हिमालयशमशेर, यी युवा नेता

हिमालयशमशेर नेपालको पहिलो गभर्नर मात्र नभएर आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका राष्ट्रप्रेमी व्यक्ति हुनुहुन्थ्यो । उज्यालो अनुहार, दयालु स्वभावका अनि अत्यन्तै आत्मीयता र माया देखाउने भएकाले उहाँलाई भेट्न पाउँदा पनि सुखद अनुभव हुन्थ्यो ।

जग खुस्केको राजनीति

समकालीन नेपालको राजनीति मूल्यमान्यताविहीन हुँदै गएको हो कि भन्ने चिन्ता प्रायः सर्वत्र देखिन्छ । खास गरी नयाँ सरकारको गठनसँगै राष्ट्रपति चुनाव नजिक आइपुग्दासम्ममा नेपाली राजनीति सिद्धान्तविहीन, विचारविहीन र आदर्शविहीन भएको चिन्ता झन् बढ्न थालेको छ ।

नयाँ प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय जिम्मेवारी

सन् १९९६ मा माओवादी ‘जनयुद्ध’ सँगै सुरु भएको लामो राजनीतिक संक्रमणकालको उल्लेख्य असर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा देखिन थालेको छ । कुनै पनि सशस्त्र द्वन्द्वपछि लोकतान्त्रिक निर्वाचन चार पटकसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भयो भने त्यसलाई ‘टिकाउ शान्ति प्रक्रिया’ मानिन्छ ।

बेलायती फुटबल र नेपाली महिलाका सवाल

केही हप्ताअगाडि बेलायतमा प्रधानमन्त्री को बन्ला भन्ने समाचारसँगै उत्तिकै चर्चामा थियो- महिला युरो फुटबल, २०२२ । हुन त पहिला पनि महिला फुटबल खेलहरू बेलायतमा भइरहन्थे । यस पटक भने यस खेलले पूरै बेलायतमा एउटा नयाँ उमंगको लहर ल्यायो । सायद यो उत्साहले महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने वर्तमान शताब्दीको विश्वव्यापी प्रवृत्तिको प्रतिनिधित्व गर्छ कि !

म किन छु ? किन छैन ?

सायद विज्ञानको कमजोर पक्ष भनेकै यसले प्रायः ‘किन’ को उत्तर दिन सकेको छैन । भौतिक विज्ञानले पृथ्वीको कणकण वा भनौं अणुअणु पत्ता लगाएको छ । यद्यपि विज्ञानले त्यो सानोभन्दा सानो अणु, त्यसको अस्तित्वको कारण र रहस्य भने पत्ता लगाउन सकेको छैन । चिकित्सा विज्ञानले पनि मानव शरीरका सूक्ष्मभन्दा सूक्ष्म, आँखाले नदेखिने कोषिकाबारे जानेको छ, तर ती कोषिकाका अस्तित्वको कारक तत्त्वबारे चित्तबुझ्दो उत्तर अहिलेसम्म दिन सकेको छैन ।