१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नयनराज पाण्डे

नयनराज पाण्डेका लेखहरु :

स्तब्ध !

सम्भवतः युद्धमा दुश्मन ठानिएकाहरूको बाहेक मृत्युको खबर कहिले पनि आनन्ददायक हुँदैन । मृत्युको खबरले एकछिनलाई भए पनि हामीलाई स्तब्ध त बनाउँछ नै ।

७६ वर्षदेखि डेरा खोजिरहेकी २५ की हेलेन

उनी विक्रमसंवत् २००३ सालमा जन्मिएकी हुन् । उनी जन्मिँदै २५ या २६ वर्षकी थिइन् । सुन्दर, परिपक्व र सचेत ! उनले कहिल्यै बामे सर्नै परेन । कहिल्यै तोते बोली बोल्नै परेन । उनलाई आमा–बाबुले आफ्नो काखमा राखेर हुर्काउनै परेन । एकैपटक २५ या २६ वर्षमा जन्मनुको यही फाइदा हो । तर, बेफाइदा पनि कतिकति ! उनले बालापनलाई अनुभूत नै गर्न पाइनन् । उनी जन्मँदै कृष्णकी ‘स्वास्नी’ भएर जन्मेकी थिइन् । जन्मँदै कृष्णलाई आसक्त बनाउने देह र बैंससहित जन्मिएकी थिइन् ।

मैले नपढेका कोविदहरू

सत्य के हो भने मैले प्रकाश कोविद पढेको छैन । युधीर थापा पनि पढेको छैन । वसन्त, सुवास पनि पढ्न पाइनँ मैले । किशोरवयमै सनत रेग्मी, नन्दराम लम्साल र श्यामलजस्ता अग्रजको संगतको असर हुनुपर्छ, प्रकाश कोविदहरूको लेखन ‘साहित्य’ होइन र त्यस्तो लेखन पढेर समय बर्बाद गर्नुहुन्न भन्ने चेत मभित्र स्थापित भएको थियो ।

ब्रह्मनाल–२०२८ (शिखरनाथ भाष्यको सहयोगमा)

कथा मेरा लागि पाठकको अदालतमा दर्ता गरेको फिरादपत्र या जाहेरी दरखास्त हो । म चाहन्छु, यो फिरादपत्र या जाहेरी दरखास्त पढेर पाठकहरू सर्जमिनका लागि घटनास्थलमा आऊन् र समाजमा व्याप्त बेथितिविरुद्धको मुचुल्कामा मसँगै हस्ताक्षर गरून् । म समयसितको झगडामा पाठकलाई आफूसँगै सामेल गराउनकै लागि कथा लेखिरहेको छु ।

अँकृष्णका एक सय एक कथा

बोल्दा छिनछिनमा रोकिएर ‘अँ–अँ’ गरिरहने भएकाले उनलाई धेरैले अँकृष्णे भनेर चिन्छन् । तर, अरूहरूले भने या हेपे भन्दैमा लेखकले पात्रलाई हेप्नु हुँदैन । हेपेर उसको नाम बिगार्नु पनि हुँदैन । त्यसैले अबउप्रान्त उनलाई अँकृष्ण नै भनिनेछ ।