राजकुमार बानियाँ

किशोरी आत्मालाप

साहसिक र रोचक छ, एनको गुप्तवास  । डायरीका पानापानामा उनको समय, परिवेश र निजी अन्तरंग लिपिबद्ध छन्  ।

लेखकहरूको लस्कर

लेखनमा विविधता दिन नसक्नुको दुर्दशा आफ्नो ठाउँमा छ, तर ‘पोजेटिभ नोट’ मा हेर्ने हो भने हाम्रा युवा समयको विशाल संक्रमणमा छन् । पहिले अवसर पनि थिएन, प्रतिस्पर्धा पनि । अहिलेका युवासँग अवसर पनि छ, प्रतिस्पर्धा पनि छ ।

सदावहार साहित्य

भारतीय लेखक मनोज दासले अमर पुस्तकको सूची बनाए, ‘वेद’, ‘उपनिषद्, ‘पुराण, ‘रामायण’, ‘महाभारत’, ‘पञ्चतन्त्र’, ‘जातक’ र ‘अर्थशास्त्र’ राखेर । त्यसमा नेपाली पुनर्लेखक मोहनकुमार दाहालले अतिरिक्त किताब थपिदिए, ‘श्रीमद् भगवद् गीता’ । मनोज र मोहनको त्यही संयुक्त मसीको कसीमा उभिएको किताब हो, ‘अमर पुस्तक’ ।

विपनाको बोझमा ‘स्वप्निस्तान’

चानचुन २ सय ५० शब्द–सीमाको रोमान्समै रमाएका छन्, सुमन सौरभ । साढे दुई दशकसम्म एकपाते साहित्यिक खजानामा तृप्त छ उनीभित्रको गम्भीर लेखक ।

काठमाडौं ‘रिभिजिटेड’

खुलस्त भन्ने हो भने उपन्यास आतंककै अर्को नाम भइसक्यो । सहिदको कोटा थप्ने र उपन्यास छाप्ने क्रम उस्तैउस्तै छ । साहित्यिक समृद्धिको मानक उपन्यास होइन र हुन सक्दैन पनि । त्यसैले थुप्रै उपन्यास पाठककहाँ नपुगी ‘सहिद’ को श्रेणीमा पुगेका छन् । मानौं, उपन्यास भनेका खबरकागज हुन् ।

राजकुमार बानियाँका लेखहरु :

आफ्नै छायाका आलोचक

इतिहासका थुप्रै भ्रम र गल्ती औंल्याउने स्रोतसंस्था संशोधन–मण्डलका उत्पादन हुन् महेशराज पन्त । विद्यालय र विश्वविद्यालयका औपचारिक कक्षा–सोपानका तल्ला तहहरूलाई सोझै नाघेर एकैचोटि विद्यावारिधि गरेका यी अध्येता मोटामोटी १२ भाषा जान्दछन् ।

फराकिलो आख्यान

उद्भट समालोचक कृष्ण गौतमले जीवनमा कति आख्यान पढे, कति आख्यानलाई उत्तरआधुनिक चस्माले हेरे । पढ्ने र हेर्ने लामै सिलसिला चल्यो । तर, आख्यानमा रानीवन कतै देखिएन । कसैले रानीवन नदेखेपछि आफैं अघि सरे र ल्याए एउटा रमणीय आख्यान, ‘रानीवन ।’

कच्चा काव्यखाना

कवितालाई बम्पर चिट्ठा पर्‍यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो भने, कतिपयले कविता भेटियो ।

‘न सियो, न बन्चरो’

यू आर मिस्टेकनली बर्न इन नेपाल ।’ विदेशी संस्कृतिविद्हरू हरिराम जोशी, ८२, को निष्काम कर्मयोग देखेर अक्सर यस्ता टिप्पणी गरिरहन्छन् ।

अलौकिक लोमन्थाङ

ओसार, तँ फोटो खिच्छस्, कापीमा लेख्छस् र यो दुई ओटै गर्नुनपर्ने एउटा उपाय सिकाउँछु, मान्छस् ? आँखाले हेर्ने, मनमा साँच्ने, भइहाल्छ नि बेकारमा लेख्ने र खिच्ने केको झन्झट ?’ लोमान्थाङवासी आङ्गेल गुरुङ एक थान नि:शुल्क सुझाव दिन्छन्, ‘पर्खालभित्रको राजधानी’ मा दामोदर पुडासैनी ‘किशोर’ लाई ।