डा. तारालाल श्रेष्ठ

देउता बनाउने मान्छे

सबै कलाकार पढेर मात्रै महान् हुन्नन् । पढाइले मात्रै कलाकार बन्छन् भन्ने पनि होइन । निरन्तरको कलाकारिताबाटै कलाकार बढी महान् बनेका छन् । कलाको लामो इतिहासको विरासतमा कर्मबाट निखारिएका एक पात्र हुन्— मूर्तिकार रामकृष्ण भण्डारी । भण्डारीको हालै आएको पुस्तक ‘अक्षरमा मूर्तिकला’ मा छोटालामा ६९ आलेख छन् जहाँ उनको अन्तर्हृदयको कुरा झल्कन्छ— कला अनुरागको ।

संघीय शिक्षा : सकस र सम्भावना

नेपालमा तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । यसलाई आम नागरिकले संघीयता व्यवहारत: अनुमोदन गरेको अर्थमा बुझ्नुपर्छ । मुलुकको मेरुदण्ड भनेकै शैक्षिक सभ्यता हो । शिक्षालयको कक्षाकोठाबाट जब ज्ञान–सीप बाहिरी जगतसम्म फैलन्छ, तब मुलुकका सबै क्षेत्रले जीवन्तता पाउँछन् ।

विश्वविद्यालय पुन:संरचनाका सवाल

नेपालमा संघीयताबारे बहस भयो । बहस पहिचानको मुद्दामा केन्द्रित बन्यो । विश्वविद्यालयको संघीय स्वरूपबारे विरलै बहस भए । पुन:संरचना गर्ने काम थाती नै रह्यो । तैपनि देश सङ्घीय संरचना अनुरूप अगाडि बढिसक्यो । क्षेत्रीय संरचनामा मुलुक गयो, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भएरै बस्यो ।

लथालिंग उच्च शिक्षा

जङ्गबहादुर बेलायतबाट फर्केपछि १९१० सालमा थापाथली दरबारको गोल बैठकबाट सुरु भएर दरबार हाइस्कुल हुँदै त्रिचन्द्र कलेज स्थापनाको आधारशिलाबाट स्थापित त्रिभुवन विश्वविद्यालयको ५८ औँ वार्षिक दिवस अघिल्लो महिना सम्पन्न भएको छ।

डा. तारालाल श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।