२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरला गौतम

सरला गौतमका लेखहरु :

देशको परिभाषा बदल्ने मान्छे

हिउँदको मध्यरात ! चुपचाप थियो संसार ! मस्त निदाइरहेको मानिसजस्तै रात ! हातमा भएको पुस्तकको पाना बन्द गरें, एक्लोपनको उचाइको एक्लोपन । कोही यति एक्लो कसरी हुन सक्छ !अस्पतालको शय्यामा एक बालक एक्लै थियो, यही घना रातजस्तो निख्खर एक्लो उसको नियतिको साथमा ।

माधवी : अस्तित्वको चक्रव्यूह

दिल्लीको चाँदनी चोक गुन्जायमान छ । यो बोलिरहन्छ, कसैले नबोलाए पनि । साँझको मधुर तापमान, न हप्प छ न सितल । दिल्लीकै नामी करिम्स रेस्टुरेन्टमा मानिसहरू परिकारको स्वादमा मग्न छन् । थरीथरीका मानिस, थरीथरीका खानेकुरा । एउटा टेबलमा मेरा आँखा ठोकिन्छ । आँखा मात्रै देखाएर बुर्कामा पूरै छोपिएकी एक महिला आफ्ना दुई सुन्दर सन्तानलाई स्नेहले स्याहार्दै छिन् । साथमा उनको पति हुनुपर्छ । 

बाघसँग लड्ने छोरीहरू हुन्, जोरी नखोज

९० सालको भूकम्पलाई माथ गरेर देश यतिखेर हल्लिएको छ । एक किशोरीले दिएको एक झड्काले मान्छेका मथिङ्गल कोमामा पुगेका छन् । हजारौं वर्षदेखि मक्किएको, तर भत्किन नसकेको चारित्रिक मूल्य र मान्यतालाई एक किशोरीले मुक्का हानिन् । मुक्का उनले एकलाई हानिन्, पूरै समाज रन्थनियो ।