लीला श्रेष्ठ

चाँगुनारायणका अधिकांश घर मापदण्डविपरीत

भूकम्पले क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर मौलिक स्वरूपमा जीर्णोद्धार भयो । मन्दिर परिसरको क्षतिग्रस्त चौघेरा सत्तल लगायत संरचनाको अवस्था उस्तै छ ।

खोला र नदीलाई ढलमुक्त गरिने

सरकारले आउँदो वर्षको बजेट सार्वजनिक गर्दै काठमाडौं उपत्यकाको सभ्यताको रूपमा रहेका वाग्मती, विष्णुमती, रुद्रमती, इक्षुमती, इन्द्रमती, मनोहरा, हनुमन्ते, नख्खु खोला लगायतका नदीहरूलाई ढलमुक्त गरी फोहोरमुक्त बनाइने घोषणा गरेको हो ।

झुक्याएर मिर्गाैला झिकियो

मानसिक रूपमा अस्वस्थ बनेपा नगरपालिका–२ गिरीगाउँका २९ वर्षीय कुमार गिरीको मिर्गौला झुक्याएर निकालिएको छ । नक्कली कागजातका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गिरीको मृर्गौला झिकेर अर्कैलाई प्रत्यारोपण गरिएको उनका आफन्तले बताएका छन् ।

समीक्षामा व्यस्त जनप्रतिनिधि

करिब दुई दशकपछि सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेको वर्ष दिन बित्यो । जनप्रतिनिधिले नेतृत्व गरेपछि स्थानीय तहमा भए गरेका उपलब्धि तथा गर्नुपर्ने सुधारबारे जनप्रतिनिधिहरू समीक्षा गर्नमा व्यस्त छन् ।

भक्तपुरको नलिन्चोकमा टिप्परको ठक्करबाट ३ को मृत्यु

काभ्रेको साँगाबाट भक्तपुरतर्फ आइरहेको स्कुटरलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

लीला श्रेष्ठका लेखहरु :

प्रदेश ३ सांसद लामिछानेको निधन

आइतबार दिउँसो अत्याधिक रक्तचाप बढेपछि उपचारका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएका प्रदेश ३ का प्रदेशसभा सांसद हरीशरण लामिछानेको मतिष्तक घातका कारण निधन भएको छ । 

प्रहरी प्रशासनकै संरक्षणमा अवैध खानी

चाँगुनारायण नगरपालिकाका चारवटा वडाका विभिन्न स्थानमा अवैध रूपमा बालुवा खानी सञ्चालन गरिएका छन् । चाँगुनारायण १, २, ३ र ४ वडाका सरस्वतीखेल, दुवाकोट, बेंसी, पोखरेल डाँडा, गाउँडोल, भूते खहरे, मगरगाउँ, नारायणटार, गौतमेश्वर, ज्योर्तिलिंगेश्वर, झौखेललगायत स्थानमा अवैध बालुवा निकालिएको हो ।

भक्तपुरका सम्पदा नगरपालिकाले नै बनाउने

भक्तपुर नगरपालिकाले भूकम्पमा क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा जर्मन सरकारसँगको सम्झौता भंग गरेको छ । पुरातात्त्विक संरचनामा मापदण्डविपरीत कंक्रिट प्रयोग गर्नेलगायतका प्रस्ताव ल्याएको भन्दै तीन वर्षअघिको सम्झौता तोडिएको हो ।

धरापमै गुजारा

चारैतिर भग्नावशेष । खण्डहर बनेको छ पूरै बस्ती । कति घर ग्वार्लाम्मै ढलिसकेका छन् । केहीचाहिँ मरक्क मर्किएर ढल्न ठिक्क परेजस्ता । तिनैमध्येको एउटा घरमा साँझ बिहान सामसाम–सुमसुम गरिरहेकी भेटिन्छिन्– गणेशकुमारी प्रजापति ।

बुद्धकृष्णले छैटौंपल्ट जिब्रो छेडाए

मध्यपुर थिमि–८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले छैटौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।