राम गुरुङ

साम्यवादको अन्त्येष्टि

अबदेखि वाम इतिहासमा असार २४ ऐतिहासिक दिन हुने भयो । २०७६ सालको यही दिन, २००६ मा कम्युनिस्ट जन्माउने–हुर्काउने, यिनलाई बढाउँदै जीउभरि बोसो लाइदिने ‘साम्यवाद’ नेकपाको दस्ताबेजबाट सधैंका लागि बाहिरिएको छ । सांगठनिक हिसाबमा यसको विधिवत् अन्त्येष्टि गरिएको छ ।

समाजवादी दलदलमा मार्क्सवाद

७० वर्षयता धेरै समाजवादीको रूप र चरित्र बदलियो । समाजवादका धेरै हाँगाबिँगा पलाए, झरे । प्रतिसामन्त तथा उत्तर–पुँजीवादीको बीचबाट असंख्य सहरिया नवधनाढ्यको उदय भयो । पुँजीवादको विकल्प खोज्दै उठेका दलहरू नै पुँजीपति क्लब बने । अहिले यही पुँजीपति क्लबले समाजवादी आन्दोलन र समाजवाद–उन्मुख सत्ताको व्याख्या गरिरहेको छ । 

वंशको वर्ग, नश्लको नालीबेली

१४ औं शताब्दीमा शासकले पेसालाई ब्राह्मण, क्षत्री, वैश्य र शूद्र बनाइदिएपछि रैतीले जातको भारी बोके । मुलुकी ऐन १८५४ मा शुद्ध र अशुद्ध बनाइएको उही जात, १९९० पछि खस–आर्य र जनजाति भए । मजदुर, किसान, व्यापारी र दलितको विभाजन भयो । र भौगोलिक एवं जैविक जनसंख्याको एउटा हिस्सा, वंशप्रधान अर्थ–राजनीतितिर लागे । 

खस्कँदै देश, फस्टाउँदै नेतृत्व

नेकपा अध्यक्ष प्रचण्ड अमेरिका गए । जोन हप्किन्स अस्पतालमा पत्नीको उपचार गराए । उपचारमा जति खर्च गरे, त्यो औसत नेपाली हैसियतभन्दा धेरै बढी छ । उनको सम्पत्ति विवरण, आम्दानीको स्रोत र खर्चिलो क्षमता नमिलेको भन्दै सर्वत्र आलोचना भयो । यसले चर्चा नभएका सवाल ब्युँताएको छ ।

सुख हार्ने समृद्धि

शासकले गर्ने रजाइँ र लुट विरुद्ध उभिने प्रश्न र आलोचना अराजक हुन्छ । शासकीय ज्यादतीको ‘पोष्टमार्टम’ गर्दै खबरदारी गर्छ । यसैले शासकको बयानमा यो अलोकतान्त्रिक र समृद्धिको वैरी हुन्छ ।डिक्सनरीको धन : म्यारियम वेबस्टर डिक्सनरीमा धन थुपार्नु समृद्धि हो । यसलाई जति नै राम्रो भनौं । यो अकुत धन–आर्जनबिना सम्भव छैन । कमिसन, भ्रष्टाचार, ठूलो परिमाणमा हुने करछली जस्ता बर्जित बाटा यसका मुख्य आधार हुन् ।

राम गुरुङका लेखहरु :

सुदखोर समाजवाद

जहाँ आम्दानी हुन्छ, त्यहाँ परिवार र आफन्तलाई भर्ती गर्छन् । पूर्वाधार विकासमा कमिसन असुल्न ‘डमी’ ठेकेदार उभ्याउँछन् । पारदर्शी आर्जनबिना शाही भोगविलास गर्छन् । सामाजिक कल्याणका सामान्य कार्यक्रम घोषणा गर्दा भने सहरका भित्ताभरि, तस्बीरमा सत्ताप्रमुखको देवत्वकरण हुन्छ । यो इतिहासको सबैभन्दा भद्दा मजाक र समाजवादमाथि तुच्छ व्यंग्य हो । 

लोकतन्त्रको उल्टो बाटो

नागरिकको रोजगारी, आय–आर्जन, धर्म, संस्कृति, खानपान, रीतिरिवाज नै लोकतन्त्र हो । लोकतन्त्रसँग चुनाव, मतदाता, राजनीतिक दल, नेता, अर्थतन्त्र, संस्कृति सबै जोडिन्छन् । तर हाम्रो लोकतन्त्रले सर्वसाधारणको मन जित्न सकेन ।