गोकर्ण गौतम

एउटा कमालको यात्रा

ख्याउटे ज्यान, कालो वर्ण, होचो कद अर्थात् हिरोको परम्परागत मानकमा पटक्कै नअटाउने हुलिया छ, राजकुमार रावको । न उनी सेलिब्रिटीका सन्तान हुन्, न पैसा हालेर हिरो हुने ल्याकत राख्थे । तैपनि यी खाँटी ‘आउटसाइडर’ यतिखेर बलिउडको केन्द्रमा छन् । कसरी ? सोच्नै पर्दैन, उत्तर भनिहाले हुन्छ, अभिनयको बलबुताले ।

हैट, क्या फसाद !

गत वर्ष बुद्धि तामाङ अभिनीत ९ फिल्म रिलिज भए । यो वर्ष अझ नाघ्ने निश्चित छ । किनभने, चार महिना बितेको छैन, उनका ६ फिल्म प्रदर्शन भइसके, कोहलपुर एक्सप्रेस, डमरुको डन्डीबियो, हैरान, चंगा, मट्टीमाला र भैरे । प्रदर्शन हुन बाँकी फिल्महरूको सूची पनि लामै छ, जय भोले, छक्कापञ्जा ३, क्याप्टेन र नाइँ नभन्नु ल ५ । चंगा र मट्टीमाला एकै दिन प्रदर्शन भएका थिए । आउँदो दसैंमा जय भोले र छक्कापञ्जा ३ ले उही नियति दोहोर्‍याउने सम्भावना छ ।

प्रमोदको प्रतीक्षा

‘उमा’ मा माओवादी छापामार छँदा प्रमोद अग्रहरिलाई नेपाली फिल्ममा आफ्नो भविष्य अन्योल लाग्थ्यो । नलागोस् कसरी, त्यस अगाडि उनले मधेसी चरित्रले मुख्य भूमिकामा खेलेको फिल्म हेरेका थिएनन् । मधेसी चरित्रलाई सधैं हँसिमजाक बनाइन्थ्यो, चटपटे र पान बेच्ने टाइपका भूमिकामा सीमित पारिन्थ्यो । भाषा र लवज बिगारेर बोल्न लगाइन्थ्यो ।

स्वतन्त्र प्रयास

बन्न त तीन करोडसम्मका फिल्म बन्न थालेका छन् तर अहिले नेपाली फिल्मको औसत बजेटचाहिँ एक करोड हो । निर्माताहरूका अनुसार प्रि–प्रोडक्सनदेखि रिलिजसम्म आइपुग्दा सालाखाला यति खर्च हुन्छ नै । शुक्रबारबाट ‘चक्कर’ नामक फिल्म प्रदर्शन भएको छ, यसको लगानीचाहिँ जम्माजम्मी १८ लाख रुपैयाँ हो ।

नयाँ कमान्डर

राजधानीको टेकुमा नयाँ नाटकघर खुलेको छ, कौसी थिएटर । संस्थापक हुन्, आकांक्षा कार्की । महिलाले आफ्नो एकल लगानीमा स्थापना गरेको नेपालको पहिलो नाटकघर हो यो । कौसीमा ‘दयालु रूख’ मञ्चन भइरहेको छ, जसको परिकल्पना तथा निर्देशन आकांक्षा आफैंले गरेकी हुन् ।

गोकर्ण गौतमका लेखहरु :

को सक्कली, के नक्कली

फिल्म रिलिज नै भएको थिएन, ट्रेलरकै भरमा ‘कोहलपुर एक्सप्रेस’ लाई चोरीको बात लाग्यो । नभन्दै हो रहेछ । सन् २००५ मा प्रदर्शित तामिल फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग कथा, पात्र र कथावाचन हुबहु मिल्छ । सिर्फ केही पात्र र सम्बन्ध यता–उता पारिएको छ । विशाल भण्डारी निर्देशित यस फिल्मको पटकथाकारमा शान बस्न्यातको नाम उल्लेख छ । निर्मात्री हुन्— ‘ब्युटी विद ब्रेन’ मानिएकी केकी अधिकारी ।

ह्यान्डसम भिलेन

हिरो हुन सुकिलो–मुकिलो, बलिष्ठ ज्यान अनि चकलेटी मुहार नै चाहिने । भिलेनचाहिँ चुल्ठे–मुन्द्रे र अजंगको शरीर । भनुँ न, देख्दै डरलाग्दो हुनुपर्ने । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीको आगमनसँगै हिरोको परम्परागत परिभाषा बदलियो । खासगरी, लुट रिलिजपछि । अचेल दयाहाङ कोटीका हिरोकै हालिमुहाली छ । यो सबैले देखेको कुरा भइहाल्यो । त्यसो भए भिलेनको सवालमा ?

कमब्याक तिर्खा

अघिल्लो शनिबार निरुता सिंहलाई खिचापोखरीस्थित पिपुल्स प्लाजामा ‘टेक’ दिन भ्याईनभ्याई थियो, नाइँ नभन्नु ल ५ का लागि । पचास दशककी सर्वाधिक प्रिय अभिनेत्री निरुता पाँच वर्षपछि नेपाली फिल्ममा अभिनय गर्दै थिइन् तर उनको भूमिका ‘केमियो’ मा सीमित थियो ।

वर्षका तीन चेहरा

वर्ष २०७४ को पहिलो दिन घामपानी, राधे र लभ लभ लभ प्रदर्शन भए । अन्तिम दिनचाहिँ लिलीबिली र नेप्टे । यसबीचमा करिब ८० फिल्म आए । झन्डै ८० प्रतिशत फिल्महरू ‘गोलखाँडी’ गए, सदाझैं । बक्स अफिस प्रणाली छैन ।

केन्द्रमा ‘आउटसाइडर’

हरियानाको गुडगाउँ र नयाँ दिल्लीको दूरी ४१ किलोमिटर छ । सन् २००३ तिर गुडगाउँको एउटा ठिटो बिहानै घरबाट निस्कन्थ्यो, सुरुमा दिल्लीको आत्मसदन कलेजमा क्लास लिन्थ्यो । त्यसपछि निजी कम्पनीमा काम गथ्र्यो । घर पुग्दा मध्यरात भइसक्थ्यो । बस सधैं ठेलमठेल । यात्रा ज्यादै कष्टकर ।