२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मीना मरासिनी

मीना मरासिनीका लेखहरु :

कामकाजी महिला र घट्दो स्तनपान

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार देशमा ५६ प्रतिशत सुत्केरी महिलाले मात्र पूर्ण स्तनपान गराउँछन् । अर्थात्, सय जनामा केवल ५६ आमाले मात्र बच्चा जन्मिएको ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्रै चुसाउने/खुवाउने गरेका छन् ।

बढ्दो बेरोजगारी, थपिँदो चुनौती

काम गर्ने इच्छा, क्षमता तथा योग्यता भएर पनि कुनै आयमूलक पेसा व्यवसायमा संलग्न हुन नपाउनु बेरोजगारी हो । सक्रिय जनशक्ति रोजगारविहीन हुनु मुलुकको विकास तथा प्रगतिमा बाधक मात्र होइन, राष्ट्रिय अर्थतन्त्रका लागि टाउको दुखाइको विषय हो । वास्तवमा गरिबीको कारण र परिणाम दुवै हो, बेरोजगारी । त्यसैले बेरोजगारी, न्यून आय, न्यून बचत र गरिबी बीचको दुश्चक्र निरन्तर चलिरहन्छ । उच्च बेरोजगारी दर तथा सक्रिय जनशक्ति पलायनले मुलुकका विकास लक्ष्यहरू प्राप्तिमा चुनौतीसमेत खडा गरिरहेका छन् ।

स्कुले झोलाले थिचिएका भविष्यका कर्णधार

सन् २०१२ मा भारतको नयाँ दिल्लीको एउटा स्कुलमा ६ कक्षा पढ्ने एक विद्यार्थीको लडेर मृत्यु भयो । १२ वर्षीय वरुण जैन छुट्टी भएपछि स्कुल बस चढ्नका लागि हतारहतार तल ओर्लिंदै थिए । उनले पिठ्युँमा अजंगको झोला बोकेका थिए । उत्रिँदै गर्दा किताबको भारी थेगिरहन सकेनन् अनि अनियन्त्रित भएर लड्दै भुइँमा बजारिए ।

प्राकृतिक विपद् र महिलाका सवाल

भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन । विपद्को घटना हुनुअघि बाजा नबज्ने मात्र होइन यसको लप्कोले धनी—गरिब, महिला–पुरुष, सुगम–दुर्गम केही पनि छुट्ट्याउँदैन । यसबाट सालाखाला के बुझिन्छ भने, आर्थिक, लैंगिक, सामाजिक, भौगोलिक आदिका हिसाबले विपद् तटस्थ हुन्छ । तर विपद् आफैंमा तटस्थ परिघटना भए तापनि यसको प्रभाव तथा क्षतिको गहनता भने उल्लिखित आयामहरूबाट निरपेक्ष रहन सक्दैन ।

स्वच्छ र मर्यादित महिनावारी : महिलाको नैसर्गिक अधिकार

पहिलो पटक रजस्वला हुँदा सूर्य र मर्दको अनुहार हेर्नु हुँदैन भन्ने मान्यतामा पन्ध्र दिनसम्म भैंसीगोठको घाँस राख्ने तलामा लुकेर बस्न बाध्य भएका क्षणहरू धेरै वर्षपछि पनि स्मृतिबाट ओझेल भएका छैनन् । त्यसरी लुक्ने क्रम दोस्रो र तेस्रो महिनावारीसम्म पनि चलिरहेको थियो ।

समाजको गरिबी तथा पछौटेपन हटाउन महिला साक्षरता

युनेस्कोको एउटा तथ्यांक अनुसार विश्वमा अझै पनि ७७ करोड ३० लाख प्रौढ मानिस निरक्षर छन् । तीमध्ये अधिकांश महिला छन् । विश्वमा १५ वर्षमाथिका पुरुषको साक्षरता दर ९० प्रतिशत रहँदा महिला साक्षरता केवल ८३ प्रतिशत मात्रै छ ।

नयाँ दशकसँग महिलाका अपेक्षा

महिलाका लागि २०७० को दशक विभिन्न तीतामीठा स्मरण र कतिपय उल्लेख्य उपलब्धि छाडेर गएको छ । राष्ट्रको जीवनमा १० वर्षको समय निकै छोटो अवधि हो, तर यसबीच मुलुकमा कतिपय युगीन घटना भए । इतिहासमै पहिलो पटक समावेशी प्रतिनिधित्वसहितको संविधानसभाले नयाँ संविधान जारी गर्‍यो । संविधानले महिला, आदिवासी, जनजाति, दलित, मधेशी लगायतका सीमान्तीकृत वर्गको राज्यसत्तामा पहुँच तथा प्रतिनिधित्वलाई संवैधानिक रूपमा सुनिश्चित गर्ने ऐतिहासिक काम गर्‍यो ।

जनगणनामा देखिएको महिलाको तस्बिर

राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन सार्वजनिक भएसँगै देशको समग्र जनसांख्यिकीका विविध पहलुहरूबारे विश्लेषण तथा मन्थन सुरु भएका छन् ।

प्रविधिमा महिलाको पहुँच

युनेस्कोअन्तर्गतको तथ्यांक इन्स्टिच्युटको सन् २०१९ को रिपोर्ट अनुसार, नेपालमा विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा संलग्न जनशक्तिमध्ये महिलाको हिस्सा ७.८ प्रतिशत मात्रै छ । 

समावेशीकरण : कोटा पूर्ति कि प्रतिफल पनि

सीमान्त वर्ग, क्षेत्र तथा समुदायलाई राज्यव्यवस्थाको मूलप्रवाहमा ल्याउनु आधुनिक लोकतन्त्रको मुख्य ध्येय हो । यसका लागि अवलम्बन गरिने समावेशीकरणले आर्थिक लाभको न्यायोचित वितरण, स्रोतसाधनमाथिको स्वामित्व, प्रशासनिक जिम्मेवारी, राजनीतिक प्रतिनिधित्व, शासनमा सहभागिता तथा पहिचानसहितको सामाजिक सम्मानजस्ता विषय समेट्छ ।