ज्ञानु घिमिरे

आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्त्येष्टि गरिँदै 

सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । 

पाँचथर हत्याकाण्ड : सीआईबीले थाल्यो अनुसन्धान

मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली बुधबार घटनास्थल पुगेको छ । एसपी उमा चतुर्वेदीको नेतृत्वमा आएको ६ जनाको अनुसन्धान टोलीले स्थलगत अवलोकन र स्थानीयसँग छलफल सुरु गरेको छ ।

आरुबोटे हत्याकाण्ड पारिवारिक कलहले : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको घटना पारिवारिक कलहसँग सम्बन्धित रहेको बताएका छन् । उनले अनुसन्धान भइरहेकाले थप सत्यतथ्य त्यसपछि बाहिर आउने बताए ।

यसरी भयो दुई परिवारको संहार

सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर फियाकको घरमा छिरे । हातमा खुकुरी बोकेका उनले प्रतिवाद गर्ने मौकै नदिई चार जनाको हत्या गरे । लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगे । त्यहाँ रहेका पाँच जना कसैलाई पनि बाँकी राखेनन् । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेका ज्वाइँ-ससुराको दुई परिवारमा सोमबार राति ९ जनाको ज्यान गयो । 

ज्ञानु घिमिरेका लेखहरु :

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।