१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

उत्तमबाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठका लेखहरु :

संरक्षित क्षेत्रभित्र पूर्वाधारको बहस

चितवन राष्ट्रिय निकुञ्जनजिकै बस्तीमा बसोबास गर्ने मति महतो (नाम परिवर्तन) गाउँका तीन साथीसँगै निकुञ्ज जोडिएको एक सामुदायिक वनमा घाँस काट्दै हुन्छिन् । एक्कासि एक डफ्फा सेनाका जवान उनीहरू छेवैमा देखापर्छन् ।

तनावी समाजको नैतिक ऐना

सन् २०१० मा भारतको तमिलनाडु राज्यका ५४ गाउँमा बसोबास गर्ने ४६४ उखु किसानहरूबीच एउटा वैज्ञानिक अनुसन्धान गरियो । अनुसन्धानमा संलग्न उखु किसानहरूको जमिन १२–२४ रोपनीसम्म थियो । उनीहरूको घरेलु आम्दानीको करिब ६० प्रतिशत हिस्सा उखु खेतीबाट प्राप्त हुन्थ्यो । बेलायतको वारेक, अमेरिकाका हार्वर्ड र प्रिन्स्टन एवं क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अध्येताहरूले उक्त अनुसन्धान गरेका थिए ।

दुबईमा कुरा, काठमाडौंमा काम 

चैत ६, २०७७ मा नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्घिका लागि वन’ परियोजनानिम्ति २ अर्ब ८० करोड रुपैयाँ (२४ मिलियन डलर) बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भयो । सम्झौताको कुल रकममध्येको ७१ करोड रुपैयाँ अनुदान र २ अर्ब ११ करोड सहुलियतपूर्ण ऋण हो ।

सञ्जालले बढाएको ध्रुवीकरण

सन् १९५२ मा रसियन एकेडेमी अफ साइन्सेसका वैज्ञानिक दिमित्री वेलिएभ र उनका पीएचडी विद्यार्थी लुड्मिला ट्राटले एउटा रोचक अनुसन्धान परियोजना सुरु गरे । ‘फार्म फक्स एक्सपेरिमेन्ट’ भनिएको उक्त अनुसन्धानको उद्देश्य आक्रामक जंगली ब्वाँसोबाट आदेशपालक ‘घरेलु कुकुर’ पैदा गर्नु थियो ।

पीएचडी उत्पादनको कारखाना ?

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९६३ जनालाई विभूषित गर्ने निर्णय गर्‍यो । विभूषित हुनेहरूमध्ये ७९० जनाले ‘नेपाल विद्याभूषण क’ पदक प्राप्त गरे ।

नास्ट रूपान्तरणका कार्यसूची

रिक्त भएको करिब सात महिनापछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उपकुलपतिको चयन भएको छ । नयाँ उपकुलपति चयन यस्तो बेला भएको छ, जति बेला नास्ट लगायतका सरकारी संस्थानहरूप्रति आम विश्वास घट्दो छ । छुट्याइएको बजेटसम्म खर्च गर्न असमर्थ र आफ्नै अस्तित्व जोगाउन संघर्षरत संस्थाका रूपमा नास्टको नाम छापाहरूमा छाइरहेको छ ।

प्रकाश प्रदूषणको चिन्ता

अप्रिल १९०८ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणा बेलायतको भ्रमणमा निस्किए । उनी त्यहाँ करिब १० हप्ता बिताएर नेपाल फर्किए ।

उखरमाउलो गर्मी

केही हप्तायताका सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पछ्याउने हो भने मौसमले नयाँनयाँ रेकर्डहरू बनाएका पोस्ट र समाचारहरू देख्न/पढ्न सकिन्छ । तीमध्ये एउटा प्रमुख समाचार अन्टार्कटिका महादेशमा दैनिक हिउँले छोपेको क्षेत्र सन् १९९१–२०२० को औसत क्षेत्रफलभन्दा करिब २ करोड वर्ग किलोमिटरले घट्नु हो । दैनिक हिउँको परिमाण मात्रै होइन, त्यहाँ महिनाभर थुप्रने हिउँको मात्रामा समेत उल्लेख्य कमी आएको छ ।

बिजुली गाडीको बाटामा तगारो

सन् १८८६, अमेरिकाको बोस्टननिवासी अल्बर्ट पोपले एउटा कम्पनी दर्ता गरे— पोप म्यानुफ्याक्चरिङ कम्पनी । सुरुमा साइकलको उत्पादन थालेको उक्त कम्पनीले मोपेड हुँदै सन् १८९७ मा बिजुली कार बनाउन थाल्यो, जुन छोटो समयमै सर्वाधिक बिक्री हुने कार बन्यो । सन् १९०० मा बिक्री संख्यामा बिजुली कारले पेट्रोलियम कारलाई पछि पार्‍यो र वाष्प इन्जिनयुक्त कारसँग पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्दै थियो ।

विद्युतीय गाडीप्रति बढ्दो विश्वसनीयता

‘ह्वील अफ हिस्ट्री’ पुस्तकका अनुसार आजभन्दा १२३ वर्षअघि सन् १९०० को दशकमा न्युयोर्कमा गुड्ने तीनथरि कारमध्ये पहिलोमा स्टिम इन्जिन, दोस्रोमा विद्युतीय र तेस्रोमा पेट्रोलियम कार हुन्थे । विद्युतीय कारको रेन्ज सीमित थियो, ३०–४० किलोमिटर मात्रै चल्थे । साथै, लिड–एसिड ब्याट्रीबाट चल्ने भएकाले ती निकै गह्रौं पनि थिए ।