डम्बरसिंह राई

दिक्तेल आगलागीमा तीन करोडबराबरको क्षति, पीडितलाई राहत [अपडेट]

खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको थियो । आगलागीबाट करिब  दुई करोड ९० लाख ९२ हजा बराबरको क्षति भएको अनुमान गरिएको हो ।

पर्वका मुखमा महँगी

दसैंलगायत मुख्य पर्वहरू नजिकिएका बेला मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, कपडा, गाडी भाडालगायत अनेक क्षेत्रमा बढेको मूल्यले सर्वसाधारण समस्यामा परेका हुन् ।

दुई बालिका १४ दिनदेखि बेपत्ता

खोटाङका दुई बालिका १४ दिनदेखि बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ गत असार ३२ गते रातिदेखि बेपत्ता भएका हुन् । 

साउदीमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै

साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

२३ वर्षमा पनि सकिएन गाईघाट–दिक्तेल सडक

सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडक निर्माण सकिएको छैन । ट्रयाक खुलेको वर्षौं भइसक्दा पनि उदयपुर र खोटाङको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल निर्माण नहुँदा गाईघाट–दिक्तेल सोझो यातायात सञ्चालनमा समेत समस्या भएको छ ।

डम्बरसिंह राईका लेखहरु :

एमाले उम्मेदवारको घरमा बम विस्फोट

एमाले उम्मेदवारको घरमा मंगलबार राति बम विस्फोट भएको छ । रुपाकोट मझुवागढी नगरपालिका वडा नं ८ का अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएकी लीला चौहानको घरमा मंगलबार राति बम विस्फोट भएको हो ।