सम्झना रसाइली

घर–घरमा धारा

खानेपानीको समस्या झेलिरहेको व्यास नगरपालिका–१४ मास्दीका सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा उपभोक्ता समितिको श्रमदानमा गाउँमा एक घर एक धारा कार्यक्रमअन्तर्गत प्रत्येक घरमा धारा जडान भएपछि स्थानीयको खानेपानी समस्या समाधान भएको हो ।

विकास पर्खंदै छिम्केश्वरी

जिल्लाकै उच्च स्थानमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्वको छिम्केश्वरी क्षेत्र यतिबेला बिकासको पर्खाइमा छ । उच्च पहाडी भू–धरातल भएका कारण यो क्षेत्रमा विकासका गतिविधि न्यून हुँदा अहिले ओझेलमा परेको छ । 

‘बगरमै फल्दो रै’छ सुन’

व्यास नगरपालिका –५ पाटनका ४० वर्षीय चित्रबहादुर बोटे अहिले दंग छन् । मादी नदी किनारको बगर खेतीले राम्रो आम्दानी दिएपछि बोटे खुसी भएका हुन । उनीजस्ता धेरै बोटे दाजुभाइ मादी बगरमा तरकारी खेती गरिरहेका छन् ।

इँटा उद्योगमा बालबालिका असुरक्षित

म्याग्दे गाउँपालिका २ जामुनेमा मंगलबार खाल्डामा डुबेर दुई बालकले ज्यान गुमाए । विद्यालयबाट फर्कंदै गरेका उनीहरू माछापुच्छ्रे इँटा उद्योगले माटो निकाल्दा बनेको खाल्डामा जमेको पानीमा पौडी खेल्न पुगेका थिए । उद्योगले खाल्डो नपुरिदिँदा पानी जमेर पोखरी बनेको थियो । 

सम्झना रसाइलीका लेखहरु :

जहाँ दाम्लो चढाइन्छ

प्रायः मठमन्दिरमा पूजाअर्चनासँगै फूलपाती चढाउनुका साथै पशुपक्षीको बलि दिने चलन हुन्छ । जिल्लाको ब्यास नगरपालिका–९ भोटेनीस्थित बसाहास्थान मन्दिरमा भने स्थानीयले पूजाआजा मात्रै गर्दैनन्, गाईबस्तु बाँध्ने दाम्लो पनि चढाउँछन् । पशुपक्षी र मानिसका लागि पनि शुभ होस् भन्दै भाकलस्वरूप दाम्लो चढाउने गरिएको स्थानीयले बताए । 

भानुभक्त प्राणी उद्यान अघि बढेन

कर्मचारी व्यवस्थापन नहुँदा निर्माणाधीन भानुभक्त प्राणी उद्यानले गति लिन सकेको छैन  । २०७३ माघमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार साविक घाँसीकुवा र वरभञ्ज्याङ गाविसको आसपासका सामुदायिक, कबुलियती, सरकारी, राष्ट्रिय वन तथा निजी जग्गा समेटेर ४२५ हेक्टरमा उद्यान निर्माण अघि बढाइएको थियो  ।

१०८ फिट अग्लो व्यास मूर्ति

दमौलीमा महर्षि वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति बनाइने भएको छ । प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा रहे पनि उचित प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा थियो । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले प्रवर्द्धनका कार्यक्रमअन्तर्गत व्यास मूर्ति निर्माण गर्न लागेको हो । 

गाउँमा बिजुली

व्यास नगरपालिका–१३ को सुढेगाउँमा बिजुली बत्ती पुगेको छ । टुकीको भरमा बस्दै आएका स्थानीय विद्युतीकरणसँगै खुसी भएका छन् । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँका १३ घरमा विद्युत् सेवा विस्तार गरेको हो । 

४ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम

सरकारले ल्याएको नागरिकलाई न्यूनतम रोजगारीको अवसर कार्यक्रम तनहुँका ४ स्थानीय तहमा सुरु भएको छ । जिल्लामा ४ नगर र ६ गाउँ छन् । एउटा नगरपालिका र ३ गाउँपालिकाले यो कार्यक्रम सुरु गरेका हुन । अन्यले असार पहिलो साताबाट सुरु गर्ने तयारी गरेका छन् ।