भैरव रिसाल

भारदारी संस्कार

सक्कली, खाँटी भारदारहरूको अनौठो स्वभाव हुँदोरहेछ । आफूले मालिक मानेकाहरूबाट जेजस्ता सजाय दिँदा वा शक्तिबाट हटाउँदा पनि सहेर बस्ने, मौन बस्ने धैर्य हुँदोरहेछ । यो सहिष्णुता, धैर्य र मौन संस्कार नवभारदार, भर्खर–भर्खर दरबार पसेका नवप्रवेशीहरूमा कोर्कालीपन, काँठेपन, उत्ताउलोपनको यदाकदा उत्तेजनासम्ममा पनि जाने स्वभाव हुँदोरहेछ ।

कांग्रेसको कामधेनु

सुवर्ण शमशेर आश्चर्यचकित भएछन् र भनेछन्, ‘बस् २५–३० लाख रुपैयाँ । त्यतिले पनि कहाँ क्रान्ति हुन्छ ? नचाहिने कुरा । विना संकोच, दिल खोलेर भन्नोस्, कोइरालाजी । २५–३० लाख भए पुग्छ भन्नुहुन्छ भने ल अहिले नै लिनोस्, १ करोड तपाईहरूलाई ।

राणाशासन ढाल्ने बन्चरो

‘म आफ्नो खुट्टामा आफैंले बन्चरो हान्दै छु,’ १९७६ चैतमा त्रिचन्द्र कलेज उद्घाटन समारोह सकिएपछि सबै समक्ष चन्द्रशमशेर जबराले भनेछन् । त्रिचन्द्र नेपाल मुलुकको पहिलो कलेज हो ।

धर्मराजमाथि धारिला आँखा

जनकवि केशरी धर्मराज थापा ख्वाक्कख्वाक्क खोक्न थाल्नुभो । कताकता असजिलो मान्नुभो । असभ्य भएजस्तो मुखाकृति पार्नुभो । मैले सहजै भनेँ, ‘ज्युँदो मान्छे खोक्छ, ज्युँदो मान्छेलाई खोकी लाग्छ । किन असजिलो मान्नुभएको, असहज ठान्नुभएको ?’

संसद्‌मा पञ्चायतको छाया

हाम्रो संसद् (गणतन्त्र संसद्) मा शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘लाचार छाया’ पञ्चायतको भूत पसाए, पहिलोपल्ट २५ असार २०७५ मा । म सिद्धान्त र व्यवहारमा पनि भूतप्रेत मान्दिन । परन्तु भूतप्रेतको नेपाली समाजमा, संस्कारमा जबर्जस्त भ्रमपूर्ण मान्यता छ, जो कुसंस्कार हो । डा. गोविन्द केसीले मेडिकल माफियाको निर्दयी कब्जामा स्वास्थ्य शिक्षा नपरोस् भन्ने पावन उद्देश्य राखी जुम्लामा आमरण अनशन गरिरहेका छन् । उहाँको यो अनशन पन्ध्रौं हो ।

भैरव रिसालका लेखहरु :

प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार

नेपालको पत्रकारिता नतिखारिनुमा वा भुत्ते हुनुमा राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्व हो । यदि पत्रकारितासँग यी नेतृत्व नतर्सने, भयभीत नहुने र नआत्तिने हो भने साँच्चै पत्रकारिता तिखारिन्छ, भुत्ते हुँदैन । नेपालमा धेरै अघिदेखि नै यी क्षेत्रको नेतृत्व गर्नेहरू प्रेस–पत्रकार भनेपछि सहज रूपमा लिन असहज ठान्छन् ।

हीरक वर्ष खोतल–खातल

पसिना बेचेर मात्र भरियाहरूको जीविकोपार्जन हुँदैनथ्यो । त्यसैले पहाडी मूलका २५–६५ वर्षका १८/२० जना भरियाको जमघट भइरहन्थ्यो, वीर अस्पतालको रगत उपलव्ध गराउने एकाइको अगाडिको सडकमा, सडकको पेटीमा । त्यति धेरै भरिया किन त भन्दा रगत चाहिने कुन रक्तार्थीलाई कुन समूहको रगत हो, ठेगान नहुने हुँदा त्यो हुल जम्मा भएको हो ।