सन्जु पौडेल

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ हजारको कामलाई ४८ हजार

बुटवल–१० की वसन्ता ढकाल प्रत्येक दिन बिहान ५ देखि साढे ७ बजेसम्म बुटवल–बेलहिया ६ लेन सडकछेउको फूलबारीमा कुटोले झार उखेलिरहेकी भेटिन्छिन् । साँझ पनि त्यही कामलाई निरन्तरता दिन्छिन् । दिनको ५ घन्टा काम गर्छिन् ।

तरकारीका १० ट्रक छुटे

सुनौली भन्सारमा रोकिएका आलु र प्याजका १० वटा ट्रक सोमबार नेपाल भित्रिएका छन् । भन्सार कार्यालयले परीक्षण गर्नुपर्ने वस्तु उल्लेख गरी पठाएका नमुनामा विषादीमुक्त भएको रिपोर्ट आएपछि गाडी छाडिएका हुन् ।

‘जाँच्न सम्भव छैन’ 

तरकारी लिएर आएका गाडी सुनौली नाकामा रोकिएका छन् । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरी विषादी अवशेष परीक्षणपछि मात्र भारतीय तरकारी तथा फलफूल आयात गर्न सकिने व्यवस्था गरिएपछि तरकारीका गाडी रोकिएका हुन् ।

गाईपालन र कृषि कर्ममा रमाएका युवा

स्वदेशमा केही गर्न सकिएन भनेर बिदेसिएका सैनामैनाका युवा विदेशबाट फर्किएपछि गाईपालनमा रमाएका छन् । नेपालमा भारतले गरेको नाकाबन्दीका बेला भारतबाट आएको खाद्यलगायत बस्तुमा परनिर्भरता देखेका उनीहरूले यो अन्त्यका लागि आफूहरूले पनि केही गर्नुपर्ने महसुस गरेर गाईपालनमा लागेको बताए । 

गर्मीले आँखा रोगी बढे

तिलोत्तमाका पृथक थापा एक सातादेखि आँखा रातो हुने र दुख्ने समस्याले पिरोलिएका छन् । निको हुन्छ कि भनेर केही दिन घरमै बसे । आँखाको दुखाइ झन् बढ्यो । कचेरा जमेर बिहान उठ्दा बन्द हुन थाले । त्यसपछि उनलाई आँखा परीक्षणका लागि अस्पताल लगियो । चिकित्सकले उनको आँखामा कीटाणु संक्रमण भएको बताए । त्यसअघि उनका भाइलाई पनि आँखामा समस्या भएको थियो । 

सन्जु पौडेलका लेखहरु :

नयाँ प्रविधिले कृषक उत्साहित

परम्परागत खेतीमा निर्भर देवदह–९, घोडाहाका किसानले नौलो प्रविधिको प्रयोग गरी कृषि गर्न थालेका छन्  । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र नवलपरासीअन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम पाएपछि कृषकले प्रविधियुक्त खेती गर्न थालेका हुन्  ।

प्रदेश ५ काे बजेट : अधिकांश पुराना योजनालाई

चालु वर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटका धेरै अंश पूर्वाधार र कृषिमा केन्द्रित छन् ।

सिंगो गाउँ नै कृषिमा

तिलोत्तमा नगरपालिका–१४ रगरगन्ज टोलमा ५६ घर छन् । सबैको एउटै कर्म हो कृषि । विशेषता भने फरक छ । सबैले एकै जातको तरकारी खेती गर्दैनन् । उनीहरूको पौरखले अहिले रगरगन्ज तरकारी गाउँका रूपमा चिनिएको छ ।

पुल नबन्दा बस्ती डुबानको चिन्ता

बुटवल उपमहानगरपालिकाअन्तर्गत तीनकुने–देवीनगर जोडने पुल निर्माणमा ढिलाइले स्थानीय सास्ती खेप्न बाध्य छन्  । नगरको मध्य भागमा लामो समयसम्म पुल निर्माण नहुँदा मर्का परेको हो  ।

चक्रपथ धमाधम

रूपन्देहीमा अहिले जताततै पूर्वाधार निर्माणको लहर छ । पुराना सडकको स्तरोन्नति र नयाँ निर्माणले तीव्रता पाएको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवल बनेपछि यहाँ गाडीको चाप ह्वात्तै बढेको छ । मूल सडकमा भीडभाड बढेपछि बुटवल उपमहानगरपालिकाले तीन वर्षमा पूरा हुने गरी चक्रपथ निर्माणलाई तीव्रता दिएको छ ।