मल्ल के. सुन्दर

शिक्षणमा एकल भाषा नीति

बहुलभाषा नीतिका सम्बन्धमा संविधानले अंगिकार गरेको मूल्य, मान्यता र मर्मलाई अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी विधेयकले खिल्ली उडाएको छ । विधेयकको ‘शिक्षणको माध्यम भाषा’ सम्बन्धी दफामा ‘विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा हुनेछ’ भनिएको छ ।

कांग्रेससँगको अपेक्षा

नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सकियो । कांग्रेसभित्रकै गैरसंस्थापन पक्षहरूले सोचेजस्तो भेलालाई आफ्नो रणनीति अनुसार अनुकूल पाए–पाएनन्, सम्बन्धित पक्षले मूल्याङ्कन गर्दै गर्लान् । तर सभापति शेरबहादुर देउवाले भने राहतको अनुभव गरे । यस भेलाले कांग्रेसको अबको इतिवृतिमा कस्तो प्रभाव पार्ला, अहिल्यै भविष्यवाणी गर्न सजिलो छैन ।

यो कस्तो समाजवाद ?

संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने अहिलेको संविधानले परिकल्पना गरेको एकमात्र लक्ष्य हो । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको मू्ल्य–मान्यतामा आधारित समाजवादी अवस्थासम्म पुग्ने प्रतिबद्धता नै यस संविधानद्वारा निर्दिष्ट बाटो हो ।

अबको यक्ष प्रश्न– हामी आफैंलाई

बलिदान, त्याग, समर्पण, सेवा भावको शब्दार्थ शब्दकोशमा त हामी पाउँछौं । तर राजनीतिक वृत्तमा अहिले यिनका कुनै अर्थ छैनन् । २००७ सालको जनक्रान्तिको कुरा अलि पुरानो भयो होला अहिले ।

मल्ल के. सुन्दरका लेखहरु :

मेरो काठमाडौंको पीडा

काठमाडौं अर्थात काठमाडौं उपत्यका– कुनै बेला नेपाल खाल्डोको रूपमा पहिचान बनाएको थियो, यसले । लिच्छवि कालदेखि मल्ल कालसम्म यसै उपत्यका केन्द्रित प्रशासनिक तथा राजनीतिक इकाइलाई नेपाल मण्डल भनी चिनिन्थ्यो ।

प्रेमबहादुरको कृति !

इन्कलाब – जिन्दावाद ! क्रान्तिको पक्षमा यो नारा घन्काएर पहिलोपटक नेपालको इतिहासमा सार्वजनिक जनप्रदर्शन भएको दिन थियो २००४ वैशाख १७ गते ! सत्याग्रहको आह्वान थियो । एक दिन बिराएर १९ गते र २१ गते पनि लगातार उपत्यकाको तीनै सहरमा जनविद्रोहको स्वर गुन्जिएको थियो ।

चैत ३ देखि चैत ३ सम्म

निरंकुश सत्ताको प्रतिरोधमा भक्तपुरमा सर्वसाधारण सडकमा उत्रिसकेका थिए । फागुन ७ प्रजातन्त्र दिवसको सन्दर्भमा प्रशासक, पञ्च र प्रहरीहरू पञ्चर्‍यालीको शैलीमा तामझामसाथ पंक्तिबद्ध भएर अगाडि बढ्दै गरेका बेला भक्तपुरका जनताले सुकुलढोका, टौमढी र नासमनामा अवरोध गरेका थिए ।

प्रजातन्त्र दिवसमा प्रजातन्त्रको खोजी

दलीय गतिविधिमा व्यस्त हुनुबाहेक अर्को व्यवसाय नभएका नेताहरूको जीवन निर्वाहका स्रोत के होलान् ? उनीहरूले चढेर हिँड्ने महँगा गाडीको खर्च कताबाट व्यवस्थापन गर्दा हुन् ?