३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कुलचन्द्र न्यौपाने

कुलचन्द्र न्यौपानेका लेखहरु :

समानुपातिकमा मन छैन, गठबन्धनमा भर छैन

०७४ को निर्वाचनमा समानुपातिकतर्फको सूचीमा एक नम्बरमा नाम राख्दा नमानेर चुनावी मैदानमा होमिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई यसपटक के गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनको प्रष्ट जवाफ थियो, ‘म समानुपातिकमा बस्दिनँ ।’ प्रत्यक्षतर्फ नै प्रतिस्पर्धा गर्न चाहनु भएको हो ? भन्ने पुरक प्रश्नमा भने उनले प्रष्ट जवाफ दिएनन् । तर, उनको अभिव्यक्ति र आफ्नो निर्वाचन क्षेत्रमा बढाइरहेको गतिविधिले भने चुनावी मैदानबाट पछि नहट्ने प्रष्ट संकेत गर्छ ।

चेपुवामा पौडेल

उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकको जिम्मेवारी पाएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला पार्टीभित्रै दोहोरो आशंकाले थिचिएका छन् । पार्टी महाधिवेशनको मुखमा समितिको संयोजक बनाइदिएर पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुख टाल्न’ खोजेको आशंका उनीनिकट नेताहरूले गरिरहेका छन् ।