डा ध्रुवचन्द्र गौतम

उनी थिए जीएस नेपाली

 लोकप्रिय लेखक प्रेमचन्द, जयशंकरप्रसाद, जानकीवल्लभ शास्त्री, रामधारी दिनकर आदिले समेत बारम्बार सराहना गरेका लेखक हुन्— जीएस अर्थात् गोपालसिंह नेपाली । उनले नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी भाषामा लेखे । काठमाडौंकी ‘मखना मैयाँ’ लाई बिहा गरे । तैपनि नेपाल–भारत दुवैतर्फ धेरै स्रष्टाका लागि अपरिचित र गुमनामझैं रहे— गोपालसिंह नेपाली ।

मामुरगन्जमा बीपी र म

त्यो समयलाई सबैले ‘कडा–काल’ भन्थे । सिकारु लेखक ध्रुवचन्द्र गौतमले राजनीतिज्ञ एवं साहित्यकार बीपी कोइरालालाई बनारसमा पहिलो पटक भेटेका थिए । भेटवार्तापछि बीपीले भनेका रहेछन्, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’ दुर्भाग्य † त्यो कडा–कालमा ‘डराएर’ होइन, बरु बीपीको पत्राचार ठेगानै नपाएर ध्रुवचन्द्रले कहिल्यै चिठी लेख्न पाएनन् ।

राजेश : एउटा फेनोमेना

कुनै बेला एक किंवदन्तीझैं थिए राजेश खन्ना जसले लगातार १५ वटा हिट फिल्म दिए । राजेशको असली नाम थियो— जतिन खन्ना । उनलाई लिएर भनिन्थ्यो— बम्बैमा एउटा रेस कोर्स छ, महालक्ष्मी रेस कोर्स । त्यहाँ धेरै घोडा दगुर्छन्, एउटाले जित्छ । त्यसैलाई तुलना गर्दै लेखक जावेद अख्तरले भनेका छन्, ‘फिल्मी रेसमा तिनताक केवल एउटै घोडा दगुथ्र्यो, त्यसको नाउँ हो राजेश खन्ना ।’

सम्झना कति–कति

दुनियाँमा एकै ठाउँ यस्तो छ, जहाँ जान मलाई कारण चाहिन्न, परिस्थिति मात्र चाहिन्छ । त्यो ठाउँको नाउँ हो, वीरगन्ज । वीरगन्ज मेरो बाल्यकाल बितेको ठाउँ, ठीक हो । म जन्मे–हुर्केको ठाउँ, यो पनि ठीक हो । तर यति मात्रले पुग्दैन ।

अस्तित्ववादका प्रथम पुरुष

कोपेनहेगेनको एउटा गाउँ बाहिरको चउरमा जुन महिनाको टन्टलापुर घाम झेल्दै एउटा किशोर भेडा चराइरहेको थियो । निकै बेर बितेपछि ऊ ती भेडाहरूको बथानतिर हेर्दै सोच्न थाल्छ— म र यी भेडाबीचमा के फरक छ ? यिनले बह दु:ख अनुभव गर्छन्–गर्दैनन्, थाहा छैन । म त अनुभव गर्छु ।

डा ध्रुवचन्द्र गौतमका लेखहरु :

“जनक” पात्रसँग जम्काभेट

जुन समयमा पारिजातको ‘शिरीषको फूल’ले काठमाडौंमा तहल्का मच्चाएको थियो, त्यही समयमा दार्जिलिङमा जन्मेका ‘आयामेली’ लेखकले पनि काठमाडौंमा तहल्कै मच्चाएको थियो । यो नेपाली भाषामा जन्मेको सम्भवत: प्रथम साहित्यिक आन्दोलन थियो ।

शशिको सप्रेम सम्झना

म चुपचाप कोरिडोरमा हिँड्न थालें । त्यहाँ अचानक विपरीत दिशाबाट एक जना कोही आइरहेको देखियो । त्यसलाई देख्नासाथ अनायास मेरा हात उठे र मैले ‘नमस्कार’ भनेर उच्चारण गरें । तिनले पनि नमस्कार भने र कोठाभित्र पसे । ती शशि कपुर थिए ।