सुजता लामा

किबीले तानिए कृषक

तीनपाटन गाउँपालिका ८ बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यावसायिक किबी खेती सुरु गरेका छन् । बजार भाउ राम्रो भएकाले खेती सुरु गरेको उनले बताए । ‘किबीको माग धेरै छ । मैले उत्पादन गरेको किबी त धेरै जसो गाउँघरमै बिक्री हुन्छ,’ उनले भने, ‘बजारको कुनै चिन्ता छैन । एक किलोकै ४ सयदेखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

भूमिहीनले घर बनाउन पाउने

सिन्धुलीका भूमिहीन भूकम्पपीडितले घर बनाउन पाउने भएका छन् । भूकम्पको लाभग्राही सूचीमा परेका १ हजार ८ सय ८० लाभग्राहीले घर बनाउन पाउने भएका हुन् । आफ्नो नाममा जग्गा नभएका लाभग्राहीले अहिले बसोबास गरिरहेकै स्थानमा घर बनाउन पाउने भएका हुन् । 

खेताला अभावमा खेत बाँझै

कमलामाई नगरपालिका ४ देउरालीकी सीतामाया सापकोटाको झन्डै ८ बिघा जमिन बाँझो छ । यतिबेला लहलह धान हुनुपर्ने खेतमा वनमारा झाँगिएको छ । जमिनदार भनेर चिनिएको उनीको परिवार त्यो परिचय अहिले फेरिएको छ ।

ढाकाले फेरियो बेलीमायाको जीवन

जिल्लाको मरिण गाउँपालिका ६ धमिलेकी बेलीमाया गिलेल ढाका कपडा बुनेर आत्मनिर्भर भएकी छन् । पहिले सिन्दुरपोते किन्न पनि श्रीमानसँग पैसा माग्ने बेलीले अहिले आफ्नै आम्दानीले घर चलाएकी छन् । चार वर्षअघि सुरु गरेको ढाका कपडा उद्योगले परिवारको जीविका चलाउन सहज भएको उनले बताइन् ।

सधैं हात्तीको त्रास

कमलामाई नगरपालिका ८ पातिपरनका वीरबहादुर मगरकी ३५ वर्षीया श्रीमतीको हात्ती आक्रमणमा मृत्यु भयो । उनको मृत्युपश्चात् परिवार अहिले विक्षिप्त छ । वीरबहादुरले श्रीमती र ५ छोराछोरीले आमा गुमाएका छन् । 

सुजता लामाका लेखहरु :

गर्भवती र सुत्केरीलाई भत्ता

सिन्धुलीका स्थानीय तहले महिलालाई सुरक्षित प्रसूति गराउन विभिन्न कार्यक्रम गरेका छन् । गर्भवती भएदेखि नै नियमित गर्भ जाँच गर्न र सुत्केरी गराउन अस्पताल आउनका लागि प्रोत्साहन गर्ने भन्दै विभिन्न भत्ता र उपहार कार्यक्रम सञ्चालन गरेका हुन् । 

सिन्धुलीमा पहिलो स्तनपान कक्ष

यहाँको जिल्ला प्रशासन कार्यालयमा मरिण गाउँपालिका १ की सुकमाया तामाङ आफ्नी डेड वर्षीया छोरीलाई दुध चुसाउँदै थिइन् । उनी नागरिकता बनाउन प्रशासन कार्यालयमा आइपुगेकी थिइन् ।

सडक सुविधासँगै होटल थपिँदै 

यातायात आवागमनका लागि सडक सडक सुवधिासँगै सिन्धुली होटल खुल्ने क्र म बढेको छ । पछिल्लो समय जिल्लामा ठूला तथा साना लगानीमा होटल खुल्ने क्रम बढिरहेको छ ।

गढीमा पुग्यो बिजुली

सिन्धुलीको विकट गाउँपालिका हरिरहपुरगढीमा बिजुली बत्ती पुगेपछि स्थानीय खुसी भएका छन् । यसअघि टुकी बत्तीको भरमा रहेका स्थानीय बिजुली बत्तीको उज्यालोमा बस्न पाएसँगै दंग छन् । 

खर्च तेब्बर, बनेन भवन

सिन्धुलीको तिनपाटन गााउँपालिकाले भवन निर्माणमा स्टमेटभन्दा झन्डै तेब्बर खर्च गरेको छ । भवन भने अझै बन्न सकेको छैन । जग्गा सम्याउन मात्रै स्टमेटभन्दा तेब्बर खर्च भएको हो ।