लेखक एडवार्ड सइदले अर्का लेखक हमिद दावासीको पुस्तक ‘द ड्रिम्स अफ द नेसनको’ भूमिकामा लेखेका छन्, ‘प्यालेस्टिनीहरू संसारभर छरिएर बसेका मान्छे हुन् । उनीहरूको फिल्म विभिन्न स्थान (पश्चिम किनारा, गाजा, युरोप र अमेरिका) बाट बनिरहेका छन् ।
काठमाडौं विश्वविद्यालयको हालैको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शिक्षा प्रणालीलाई मौलिक, माटो सुहाउँदो र अन्तर्राष्ट्रिय गुणस्तरको बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । एकातर्फ नेपालको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रधानमन्त्री दाहालको सपना, अर्कातर्फ नेपाली विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरलाई दोषारोपण गरेर नेपालमा अध्ययन नगर्ने मनशायले बिदेसिनेहरूको दिन–प्रतिदिन बढ्दो लर्को !
उत्पीडितहरूले बोल्न सक्छन् ? निमुखा तथा उत्पीडितहरूलाई केन्द्रमा राखेर गरिने सबाल्टर्न अध्ययनको दुनियाँमा लेखक गायत्री चकवर्ती स्पिभाकले यो पेचिलो प्रश्नको उठान गरेकी थिइन् । जब राज्यसंयन्त्र पीडकहरूकै प्रत्यक्ष–अप्रत्यक्ष संरक्षणमा तल्लीन हुन्छ तब उत्पीडितहरू सत्य र निष्ठाको आडमा न्यायप्राप्तिका लागि आवाज बुलन्द पार्न बाध्य हुन्छन् भन्ने दृष्टान्त संसारभरका थुप्रै संघर्षले प्रस्तुत गरिसकेका छन् ।
राजनीतिक दलका रूपमा उदाएको झन्डै एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रारम्भिक राजनीतिक दस्तावेज ‘नयाँ युगको संकल्प’ शीर्षकमा सतहमा आएको छ । कुनै पनि राजनीतिक पार्टीमा निर्देशक सिद्धान्तको स्पष्टता, सांगठनिक संरचनाको विभाजन र नीति तथा कार्यक्रम सञ्चालनका लागि राजनीतिक दस्तावेज मेरुदण्डका रूपमा रहेको हुन्छ ।
‘ज्ञानको खोजमा स्वतन्त्रता, विचारविमर्शमा स्वतन्त्रता र अध्यापनमा स्वतन्त्रताबिना विश्वविद्यालयको अस्तित्व रहन सक्दैन ।’ विश्वविद्यालयहरूले नैसर्गिक अधिकारका रूपमा उपभोग गर्नुपर्ने स्वतन्त्रताहरूका सम्बन्धमा अमेरिकी शिक्षा दार्शनिक रोबर्ट मेनार्ड हट्चिन्सको यो सारगर्भित भनाइ हाम्रो देशको अग्रणी मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सवालमा भने फगत एउटा किंवदन्तीजस्तो मात्र हुँदै गएको छ ।
मानव सभ्यताका विविध आयम र चरित्रबारे ज्ञान उत्पादन गर्ने सिलसिलामा विश्वविद्यालयहरूले थुप्रै सैद्धान्तिक र व्यावहारिक अभ्यास गर्दै आएका छन् । विश्वविद्यालयहरूमा एकै विषयमा केन्द्रित हुने विषयगत (डिसिप्लिनरी) र एकभन्दा बढी विषयहरूको समायोजनमा तयार गरिएका अन्तरविषयगत (इन्टरडिसिप्लिनरी) अध्यापन गराइने विभागहरू हुन्छन् ।
कोभिड–१९ का कारण उत्पन्न चरम मानवीय संकटलाई पार लगाउन भ्याक्सिनहरू आशालाग्दो निरोधात्मक उपायका रूपमा देखा परेका छन् । परम्परागत शैलीमा भन्दा निकै द्रुत गतिबाट विभिन्न देशमा विकास गरिएका कोभिड भ्याक्सिनहरू क्लिनिकल ट्रायलकै चरणमा भए पनि यिनको प्रभावकारिता देखिँदै गएको छ ।