निर्मला खडायत

सम्बन्ध विच्छेदमा सामाजिक सञ्जाल

जीवनभर साथ दिने वाचा गरेर १० वर्षअघि प्रेमिकासँग विवाह बन्धनमा बाँधिएका धनगढी उपमहानगरपालिकाका दीपक चौधरी (नाम परिवर्तन) सम्बन्धविच्छेदका लागि हालै जिल्ला अदालत कैलाली पुगे ।

६ लेन सडकको म्याद थप अस्वीकृत

धनगढीको मोहना–अत्तरिया ६ लेन सडक योजनामा निर्माण कम्पनीहरूले निर्माण अवधि डेढ वर्ष थपका लागि गरेको माग अस्वीकृत भएको छ । संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालयले स्पष्ट आधार नभएको जनाउँदै अस्वीकार गरेको हो ।

सर्पदंशबाट ३ वर्षमा ३८ को मृत्यु

बर्खा लागेसँगै विषालु सर्पले डसेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।  सेती अञ्चल अस्पतालका अनुसार सर्पदंश उपचार केन्द्रको सहज सुविधा नभएकोले बर्सेनि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको हो । ३ वर्षयता सर्पको डसाइपछि उपचारका लागि सेती अस्पतालमा ल्याइएका ३८ जनाको ज्यान गइसकेको छ । 

ट्रायल दिनेको घुइँचो

बर्दगोरिया गाउँपालिका ६ का दीपेन्द्र शाही ट्रायल भइरहेको ठाउँबाट बाहिर निस्किए । वर्षौं अघिदेखि मोटरसाइकल चलाउन थालेका उनले बल्ल योपटक ट्रायल पास गरे । 

भत्ता बुझ्नै सकस

धनगढी बुद्ध चोककी १ सय ६ वर्षीया कलशी बोगटी सोमबार धनगढीस्थित कृषि विकास बैंकभित्रको एक कुनामा बसेकी थिइन् । वृद्धभत्ताका लागि बैंक पुगेका उनीजस्ता थुप्रै वृद्धवृद्धाहरू हिजोआज बिहानैदेखि बैंकमा पालो कुरिरहेको भेटिन्छन् । घण्टौंम कुर्नुपर्दा सास्ती खेप्नुपरेको उनीहरू गुनासो सुनाउँछन् ।

निर्मला खडायतका लेखहरु :

बालबालिकामा कुपोषण बढ्दै

कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन् । 

रोपाइँ सकेर भारत 

एक हातमा रोटी । रोटी माथि लसुनको अचार । जिब्रोमै झुन्डिने थारू अचारको स्वादसँग चौतारोमा बसेर हतारहतारमा रोटी खाँदै युवाको एक समूह । नेपाल–भारत सीमा क्षेत्रनजिकै गड्डाचौकीमा भेटिएको थारू युवाको समूह शनिबार कामको खोजीमा भारत पस्दै गर्दा भेटिएको हो । 

बैंकलाई असारे चटारो

सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको आर्थिक गतिविधि बढेपछि बैंक, होटल रेस्टुरेन्टहरूलाई असारे चटारोले छोएको छ । आर्थिक वर्षको अन्तिम महिनामा सरकारी, निजी क्षेत्रको कारोबार दोब्बर बढेको छ । धनगढीस्थित राष्ट्र बैंकका अनुसार वैशाखयता कोष स्थानान्तरण (फन्ड ट्रान्सफर) मा पनि वृद्धि भएको छ ।

हावाहुरी पीडितका दुःख- 'अझै पाइएन राहत'

प्रदेश सरकार र स्थानीय तहले घोषणा गरेको राहत रकम हावाहुरी पीडितले अझै पाउन सकेका छैनन् । जेठ तेस्रो साता आएको हावाहुरीले धनगढी उपमहानगरका २ हजार २५० परिवारको घरमा क्षति पुगेको थियो । कैलालीभर ९ हजार ७४९ घरमा क्षति भएको थियो ।

मुक्त कमैया भन्छन्–'पाउनुपर्ने रकम पाएनौं'

सरकारले २०५७ साउनमा कमैयालाई मुक्त घोषणा गरेको पनि कैलालीमा सयौं परिवारको अझैसम्म पुनःस्थापना भएको छैन । धनगढीस्थित जिल्ला मालपोत कार्यालय परिसरभित्रै रहेको मुक्त कमैया शाखामा आइतबार राहत लिनेको भीड लागेको थियो । उनीहरूले वर्षौंदेखि पुनः स्थापनाका लागि भन्दै कार्यालय धाइरहे पनि सहयोग नपाएको गुनासो सुनाए ।