हिमेशरत्न बज्राचार्य

लिपि सुन्दरी

पछिल्लो समय रञ्जना लिपि खुबै चर्चामा छ  । नहोस् पनि किन र ? यो जत्तिको सुन्दर र आकर्षक लिपि अरू कमै छन्  ।

मेयरलाई चुनौतीका चाङ

‘मोनो रेल हामी सबैको सपना हो,’ काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल सम्बद्ध एक कार्यक्रममा भने, ‘तर यो यस्तो काम हो, सुरु गरे पनि किन गर्‍यौ भन्ने हुन्छन् । गरेन भने किन गरेनौ भन्ने पनि हुन्छन् ।’ 

ट्वान्टी–२० ले ल्याएको सम्भावना

क्रिकेटको पूरा इतिहास नै पल्टाउने हो भने पछिल्लो एक दशकमा जति परिवर्तन भएको छ । त्यो यसअघि कहिल्यै पनि भएको छैन । माथिल्लो दर्जाको क्रिकेट भनेपछि धेरै लामो समय टेस्ट क्रिकेटमात्रै थियो ।

नयाँ स्टार

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा पाकिस्तानविरुद्ध हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नाजुक बनेको थियो । तर, भुटान र आयोजक बंगलादेशलाई हराएर नेपालले अन्तिम चारको तय गर्‍यो । समूह चरणको खेलसम्म उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर सुनील वल नेपाली फुटबलमा नयाँ स्टारका रूपमा उदाएका छन् ।

हिमेशरत्न बज्राचार्यका लेखहरु :

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

फुटबलमा न त जितको उन्मादले काम गर्छ, न हारको निरासाले । साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ मा दुई खेल जितेर न त बंगलादेश ढुक्क हुन सकेको छ । न दुई खेल हारेको भुटानले चाँडै घर फर्कने मनसाय बनाएको छ । यही हो, फुटबलको रोमाञ्च ।

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ?