सुवास विडारी

मकवानपुर संवाददाता

सुवास विडारीका लेखहरु :

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

प्रदेश खेलकुदमा वाग्मती पहिलो

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वाग्मती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वाग्मतीमा एमालेबाट चारजना मन्त्रीले लिए शपथ

वाग्मती प्रदेश सरकारमा एमालेका ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

वाग्मतीमा एमालेबाट चारजना मन्त्री बन्दै, आज शपथ

वाग्मती प्रदेश सरकारमा एमालेबाट आज मंगलबार ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ४ जना मन्त्री नियुक्त गर्दै आजै दिउँसो शपथको तयारी गरेका छन् ।

वाग्मतीमा पुन: सरकार विस्तार, नेकपा एसकी रमा आले मगर बनिन् मन्त्री

वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । 

विश्वासको मत लिँदै वाग्मतीका मुख्यमन्त्री

पुरानो सत्ता साझेदार कांग्रेस समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा एकीकृत समाजवादीले विश्वासको मत नदिने

नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।