सुनिता बराल

सुनिता बरालका लेखहरु :

महोत्तरीमा ११० घर जले

पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर  भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी  घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् । 

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । 

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

मटिहानी नगरपालिका-६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 

मौरीपालक किसानलाई बजारको चिन्ता

२ सय ५२ मौरीको घार राखेर मौरीपालन व्यवसाय गरिरहेका खैरहनी-४ चितवनका सुरेश बस्नेत अहिले महले बजार नपाएपछि चिन्तामा छन् । वैदेशिक रोजगारीका क्रममा हन्डर पाएर २०६२ सालमा साउदीबाट नेपाल फर्किएर मौरी पाल्न थालेका उनले महले बजार पाउँदा विदेशमा भन्दा राम्रो आम्दानी गरेको सुनाए ।

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । अन्य प्रभावित प्रदेश र जिल्लासँगै वैशाख १६ गतेबाट अभियान थालनी गरिने पत्रकार अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । 

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

महोत्तरीको लोहारपट्टी-४ स्थित साविक खुट्टा पिपराढी-६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ  पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ । 

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

'सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर-घर पुगिरहेका छन् ।

चैते छठको रौनक [तस्बिरहरु]

महोत्तरीका विभिन्न नदी र पोखरीमा चैते छठको रौनक देखिएको छ । आइतबार साँझ सुर्यलाई अर्घ दिन छठ घाटहरूमा भेला भएका श्रद्धालुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका छन् । चैत्र शुक्लपक्ष चतुर्थीका दिन महाखाय गरेर सुरु भएको चैते छठ सोमवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।  महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर पोखरी, औरही शिवमन्दिर पोखरी, बर्दिवास पोखरी लगायतका पोखरीमाहरुमा छठको रौनक देखिएको छ ।

संस्कृति जगेर्ना गर्न भाषा कक्षा

नेवा राष्ट्रिय संगठन नेवा देय् दबूले भाषा कला र संस्कृति जगेर्ना गर्ने अभियान थालेको छ । अभियानअन्तर्गत महोत्तरीमा १५ दिने भाषा तथा बाजा कक्षा सुरु गरेको बर्दिवासका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिए ।