राजु चाैधरी

बानेश्वरको संगम स्वीट्समा सिलबन्दी, मिठाइमा कपडा चम्काउने केमिकल प्रयोग गरेको भेटियो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीट्सको गोदाम घरमा सिलबन्दी गरेको छ । विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सिलबन्दी गरेको हो ।

चिनीमा सरकारकै सिन्डिकेट

स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो ।

निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

बल्खुकाे तरकारी बजारमा बिहानै अनुगमन, एक व्यापारी पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

राजु चाैधरीका लेखहरु :

नेपाली ग्यास बुलेटको टुंगो लागेन

प्रधामन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपाली ग्यास बुलेट सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखे पनि टुंगो लाग्न  सकेन ।

ग्यास कि सिलिन्डर बम ?

मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा चलेका छन् ।’

आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो

नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको बयानले जग्गा खरिदको अधिकार योजनाबद्ध रूपमा नै कार्यकारी निर्देशक गोपाल खडकालाई प्रत्यायोजन गरेको देखिएको हो ।