भिषा काफ्ले

सरकारले मानसिक रोगीको मासिक १८ हजारसम्म उपचार खर्च व्यहोर्ने

मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्ता बिरामीको उपचार तथा पुनर्स्थापना गर्ने अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको छ ।  

नेपालमै उत्पादन हुने औषधि आयातमा रोक लगाउने सरकारको तयारी

सरकारले नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका औषधिहरूलाई विदेशबाट आयात गर्न रोक लगाउने तयारी गरेको छ । नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका र कुनै पनि अवस्थामा अभाव नहुने औषधिको सुनिश्चितता गरी त्यस्तै प्रकारका औषधि विदेशबाट ल्याउन रोक गर्न लागिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए। औषधि परामर्श परिषद्को बैठक बसी गरिएको सो निर्णय मन्त्रिपरिषद्मा पठाउने तयारी भएको उनको भनाइ छ । 

सर्वोच्चबाट पुन: स्थापित स्वास्थ्य सचिव भन्छिन्, 'म पीडाबाट गुज्रिरहेकी छु'

शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयको कोठा नम्बर २०८ को सचिवको कुर्सीमा केदारबहादुर अधिकारी थिए, दिउँसो जाँदा डा. पुष्पा चौधरी । एउटै कुर्सीमा बिहान एक जना र दिउँसो अर्को बस्ने यो दृश्य अनौठो छ । डा. चौधरीसँग सोधियो, बिहान एक जना र दिउँसो अर्को एउटै सचिवको कुर्चीमा बस्दा अनौठो लागेको छैन ?

सरकारी अस्पतालमा २ सय ५७ विशेषज्ञ चिकित्सक पद खाली

सरकारले जनतालाई सहज विशेषज्ञ सेवा दिने भनेपनि तोकिएका ठूला अस्पतालहरुमा सम्बन्धित रोग हेर्ने विशेषज्ञ चिकित्सक दरवन्दी अनुसार छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राही भने महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्, ‘नाफाखोरहरु मुद्दा हालेर पेसीमात्र लम्ब्याउँछन्’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान र कानुन कागजी रुपमा मात्र राम्रो भएर देश र जनताको भलो नहुने बताएका छन् । 

भिषा काफ्लेका लेखहरु :

सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान गर्ने इच्छा

चौबिस वर्षअघिको कुरा हो, डा. सन्दुक रुइतले भरखरै मात्र मानिसको मृत्युपछि नानी झिकेर अर्कैको संक्रमित भएर दृष्टि गुमेका आँखामा प्रत्यरोपण गर्ने अभियान सुरु गरेका थिए । त्यही बेला तत्कालीन राजगुरु अम्बिका प्रसाद विरामी भएर वीर अस्पतालमा भर्ना भएको थाहा पाए ।

युवामा सुर्तिजन्य वस्तु प्रयाेग दीगाे विकासकाे चुनौती :विज्ञहरु

एसियाली राष्ट्रका युवाहरुमा बढ्दै गएको सुर्तिजन्य पदार्थ सेवनको प्रभावले दीगो विकासलाई नै चुनौती दिने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । 

चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । 

स्वास्थ्यका ८ सहसचिव दुई महिनादेखि कामविहीन

संघीयता कार्यान्वयनको क्रममा स्वास्थ्य मन्त्रालय र माताहतका संरचना परिर्वतन भएसँगै ८ जना सहसचिव (११ औं तहका) कामविहीन भएका छन् । नयाँ संरचनाअनुसार उनीहरुको दरबन्दी नै नभएपछि मन्त्रालयमा आएर हाजिर गर्दै साथीभाइसंग भेटघाट गरी घर फर्कने गरेका छन् । मन्त्रालयमा उनीहरुलाई 'बार्दलीमा' रहेका सहसचिव भन्ने गरिएको छ ।

वीर अस्पतालको सफाई गर्दा अपुग भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख अनुदान

वीर अस्पताल रंगरोगन तथा सरसफाई गरेबापत सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उक्त रकम वीर अस्पतालको नियमित बजेटबाट उपलब्ध गराएको हो ।