गोविन्दराज पोखरेल

विद्युतीय सवारी सम्भव छ

सन् १८८१ मा फ्रान्समा विद्युतीय रिक्सा बनेको थियो । तर त्यो ३ पाङ्ग्रे रिक्सा घोडाको टाँगाभन्दा ढिलो कुद्ने भएकाले त्यति महत्त्व पाएन । पहिलो पटक अमेरिकाको न्युयोर्कमा ३२ किमि प्रतिघन्टा गति भएका विद्युतीय ट्याक्सी चलाएपछि विद्युतीय गाडीले फड्को मार्न थाल्यो ।

‘परन्तु’ बिनाको रेल–समृद्धि !

ब्रिटिस इन्डियाले आफ्नै फाइदाका लागि बनाइदिएका दुइटा बाहेक नेपालले रेल क्षेत्रमा एक शताब्दीमा खासै प्रगति गर्न सकेन । पहिलो यात्रुवाहक रेल अमलेखगन्जदेखि रक्सौलसम्म सन् १९२७ मा र जनकपुर–जयनगर सन् १९३७ मा सुरु भएको थियो । बीचमा सन् १९६५ तिर विश्व बैंकले अध्ययन गरेर केही सुझाव प्रस्तुत गरेको थियो, विशेषगरी नेपालका प्रमुख सहरहरू र भारतीय सीमाका सहरहरूलाई जोड्नेगरी ।

सम्झनलायक समय

आर्थिक विकासका दृष्टिकोणबाट विसं २०७४ सम्झनलायक रह्यो। रोजगारी सिर्जना गर्न लगानीको आवश्यकता पर्छ र हाम्रो सन्दर्भमा यो आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट आउनु जरुरी छ। यो वर्षको अघिल्लो छ महिनामै गत वर्षभरिको भन्दा बढी विदेशी लगानी भित्रिएको छ।

निराशा नबाँडौँ

२०७४ माघ २१ गते यसै पत्रिकाको अन्तर्वार्तामा डा. सन्दुक रुइतले भनेका थिए, ‘मलाई एकदमै दु:ख लाग्ने र निराशा हुने प्रमुख कुरो हामीमाझ रहेको नकारात्मकता पनि हो । यो भएन र त्यो भएन भन्नेहरू मात्रै यहाँ धेरै भेटिन्छन् । के गर्दा हुन्छ होला भनेर सकारात्मक उपाय सोच्नेहरू पाउन मुस्किल छ ।’

गोविन्दराज पोखरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।