अभय श्रेष्ठ

कथाका तीन महारथी

 कथा लेखेर संसारभरि चिनिएका लेखक अनगिन्ती छन् । तिनका कथा उत्तिकै लोकप्रिय पनि छन् । तर, विश्व कथाका महारथी भने केबल तीन जना छन् । ती हुन्— रुसका आन्तोन चेखब, फ्रान्सका गुई डी मोपासाँ र अमेरिकाका ओ हेनरी । यीभन्दा अगाडिका कथाकारले अधुरो छाडेको फ्रेम यी तीन जनाले पूरा गरे ।

जयपुरमा नेपाली कविता

खाकीको ह्वार्लाङ्गे पाइन्ट, कुर्ता, वेस्टकोट र सामान्य क्याप भिरेका अग्ला वृद्ध मलाई पहिल्यै परिचितझैँ लागिरहेका थिए । ‘तपाईं भन्दै हुनुहुन्छ, खराब सिनेमा र बजारिया साहित्य लेख्नेहरू भ्रष्ट हुन्, संसारलाई भ्रष्ट बनाउने पनि तिनै हुन्,’ उनी भनिरहेका थिए, ‘होइन, तिनलाई वाहवाही गर्ने, घूसखोरीप्रति आँखा चिम्लने, दु:ख पाइन्छ भनेर आफैं घूस दिने अनि गुन्डाहरूको सामूहिक प्रतिरोध नगर्ने तपाईँ–हामी पो भ्रष्ट हौँ ।’ 

सिनेमाको समाजशास्त्र

सन् १८९५ को डिसेम्बर २८ मा लुमिएर दाजुभाइका छोटा फिल्म प्रदर्शन हुँदा विश्वभरि हलचल मच्चिएको थियो । तर, यही माध्यम पछि कलाक्षेत्रको सबैभन्दा प्रभावशाली विधा बन्छ भनेर कसैले सोचेको थिएन ।

नोबेल पुरस्कार र माध्यम भाषा

अंग्रेजीको फाइदासन् २०१६ को नोबेल साहित्य पुरस्कार जापानी मूलका बेलायती उपन्यासकार काजुओ इसिगुरोले पाए । यो पुरस्कार पाउनुअघि नै इसिगुरो संसारभरि यसकारण चिनिएका र पढिएका थिए कि उनी अंग्रेजी भाषामा लेख्थे ।

अभय श्रेष्ठका लेखहरु :

बुद्धका दस विपत्ति

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

इतिहास : बुद्धका दस विपत्ति

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

एक पुरुषको नारीवादी सूत्र

कोलम्बियाली आख्यानकार गाब्रियल गार्सिया मार्खेजको प्रसिद्ध कथा ‘आई अन्ली केम टु युज द फोन’ पढेपछि लामो समयसम्म मेरो हृदय तरंगित भइरह्यो । नारीको सार्वभौम दु:खको त्यो यस्तो हृदयविदारक कथा थियो जुन कम्तीमा मैले दस पटक पढेँ हुँला । त्यसपछि कति दिन म अरू केही पढ्न नसक्ने भएँ । बार्सिलोना फर्कन लाग्दा पार्लर जादुगर सेटुर्नोकी सुन्दरी पत्नी मारियाको भाडाको कार बिग्रन्छ ।