सुरविन्द्रकुमार पुन

सुरू भयो धरहरा बनाउन

धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएसँगै निर्माण कार्यको थालनी गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आइतबार खोलेको आर्थिक प्रस्तावमा जेभी कम्पनीले सबै भन्दा कम रकम कवोलेको थियो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

यस्तो बन्दै छ ८ लेनको कलंकी–सातदोबाटो–कोटेश्वर सडक

राजधानीस्थित चक्रपथ (रिङरोड) को निर्माणाधीन कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको ८ लेन सडकको पछिल्लो दृष्यले जो कोहीको मन खिच्छ । सडक स्तरोन्नतिको कार्य अन्तिम हुँदै गर्दा सडक मात्र नभई त्यस वरपरको दृष्य आकर्षक देखिँदै गएको छ । हेरौं कान्तिपुरका फोटो पत्रकार सुरविन्द्रकुमार पुनले सोमबार दिउँसो खिचेका ११ तस्बिर ।

भालुले लुछेपछि ...

रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुम गाउँका कैलाश पुन भालुको आक्रमणबाट गम्भीर घाइते छन् । उनको काठमाडौं कुलेश्वरस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ ।

कान्छो जिल्लाको चमक

राज्यको पुन:संरचना क्रममा रुकुम र नवलपरासी गरी दुई जिल्ला टुक्रिए । नेपालको संविधान २०७२ को अनुसूची–४ मा उल्लेख गरिएअनुसार हाललाई रकुम जिल्लाका दुई भागमध्ये प्रदेश नं. ५ मा ‘रुकुम (पूर्वी भाग)’ र प्रदेश नं. ६ मा ‘रुकुम (पश्चिम भाग)’ भनेर उल्लेख गरिएको छ ।

यार्सा सिजन

आजकाल हिमाली जिल्लाहरूमा यार्सा खोज्ने सिजन सुरु भएको छ । वैशाख, जेठ र असार महिना यार्सा संकलन गर्ने सिजन हो । यति बेला यार्सा पाइने जिल्लाका लेकनजिक क्षेत्रका विद्यालय बन्द हुन्छन् । मानिस गाउँ नै रित्तो पारेर लेकतिर जान्छन् । विद्यालयका छात्रछात्रा पनि पैसा कमाउन आफ्ना अभिभावकसँगै जान्छन् । गाउँलेहरू दूधेबालकसमेत बोकेर यार्सा संकलन गर्न लेक उक्लिन्छन् ।

सुरविन्द्रकुमार पुनका लेखहरु :

ज्याकारान्डा !

काठमाडौंका मुख्य सडक, पार्क र बगैंचामा आजकल बैजनी हो कि नीलोजस्तो देखिने फूलले ढपक्कै ढाकिएका रूख देखिन्छन् । यी रूखलाई अंग्रेजीमा ज्याकारान्डा भनिन्छ । यो फूललाई काठमाडौंका नेवारी समुदायका स्थानीय मालीहरू ‘चखुँचा स्वाँ’ भन्दछन् ।

पौरखी गाउँ तकसेरा

एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।

पौरखी गाउँ तकसेरा

एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।

लभ वाग्मती !

२०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ अभियानले यही फागुन २८ मा २०० औं साता पूरा गर्‍यो । उक्त अवसरमा आयोजना गरियो ‘वाग्मती पदयात्रा’ । वाग्मती अभियानले राजधानी सहरको सुवास खोज्न भौंतारिरहेका युवालाई निकै आकर्षित गरेको देखिन्छ । पदयात्रामा सहभागी युवा संख्या त्यसको प्रमाण हो ।